एमाले नेतृत्व चयनका मतगणना शुरु , तीन घण्टाभित्र एकै पटक परिणाम सार्वजनिक गरिने

एमाले नेतृत्व चयनका मतगणना शुरु , तीन घण्टाभित्र एकै पटक परिणाम सार्वजनिक गरिने

  • बिहिबार, पुस ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भएको मतदानको गणना प्रारम्भ भएको छ । तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी मतगणना सुरु भएको एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।

निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका थिए ।

८० वटा भोटिङ मेसिनबाट बुधबार बिहान ९ बजेदेखि बिहिबार बिहान ७ बजे सम्म मतदान भएको थियो ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ