ओली र लेखकलाई जेनजी आन्दोलनमा दमन गरेको बिषयमा अर्को साता बयानका लागि बोलाउने आयोगको तयारी

ओली र लेखकलाई जेनजी आन्दोलनमा दमन गरेको बिषयमा अर्को साता बयानका लागि बोलाउने आयोगको तयारी

  • बिहिबार, पुस ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

जेनजी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरुसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए ।

ओलीले बयान दिन नजाने यस अघि देखि नै बताउदै आएका छन् ।

अन्तरिम सरकारले जेनजी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ