बम विष्फोट प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तामाङलाई हर्क सामपाङले गरे निलम्वन

बम विष्फोट प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तामाङलाई हर्क सामपाङले गरे निलम्वन

  • बुधबार, पुस २, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामा विश्वक्रान्तिलाई निलम्बन गरेका छन् ।

बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले भिडियो सन्देशमार्फत पार्टीको निर्णय र आफ्नो विचार व्यक्त गरेका हुन्।

साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन्।

मेयर साम्पाङले आफू सधैं ‘गलतलाई गलत र सहीलाई सही’ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव नपार्ने बताएका छन्। उनले भने, राज्यले निष्पक्ष छानबिन गरोस्। उहाँ ९देवराज लामा० दोषी पाइएको खण्डमा कानुन बमोजिम कारबाही हुनुपर्छ। यसमा हाम्रो केही भन्नु छैन।

साम्पाङले थपे, म गलतलाई गलत नै भन्ने मान्छे हो। यदि उहाँ दोषी हुनुहुन्छ भने उहाँलाई कारबाही हुनैपर्छ। तर यदि निर्दोष हुनुहुन्छ भने उहाँलाई दुःख दिन पाइँदैन।

अनुसन्धान प्रक्रियालाई सहज बनाउन र नैतिकताको आधारमा लामालाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको साम्पाङले जानकारी दिए। उहाँ निर्दोष साबित भएर बाहिर ननिस्किएसम्मका लागि पार्टीको पदबाट निलम्बन गरिएको छ, साम्पाङले भने, ुयदि दोषी करार हुनुभयो भने उहाँ पार्टीबाट मुक्त हुनुहुनेछ। तर, निर्दोष भएर आउनुभयो भने हामी पुनः स्वागत गर्नेछौं। यस विषयमा पार्टीले आधिकारिक प्रेस विज्ञप्ति पनि जारी गर्ने उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ