हर्क सामपाङका उपाध्यक्ष विश्वक्रान्ति बम विष्फोट मुद्धामा पक्राउ

हर्क सामपाङका उपाध्यक्ष विश्वक्रान्ति बम विष्फोट मुद्धामा पक्राउ

  • मङ्लबार, पुस १, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति नाम गरेका राजकुमार तामाङ लामा पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले धनकुटा घर भई कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार लामाका तीन वटा उपनाम छन्। उनी कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट चिनिन्छन्।

उनी हालै धरान उपमहानगरका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष भएका थिए ।

लामाविरूद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ। त्यस घटनामा तीन जनाको मृत्यु भएको, एक जना घाइते समेत भएका थिए।

कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसूर समेतमा फरार रहेका उनलाई सुरूमा २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो।

सुरूमा कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि उनलाई काठमाडौं पठाइएको थियो। केन्द्रीय कारागार नख्खुमा कारागार चलान गर्दा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा भने फरार नै देखिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ