काठमाडौं, १ मंसिर । खाद्य स्वच्छता कायम गर्न ऐन कार्यान्वयन देखि खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम संचालन तथा अनुगमन गर्दै आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिले मोबाइल खाद्य प्रयोगशाला भ्यान संचालन गरी खाद्य पदार्थ निरीक्षण अनुगमनलाई प्रभावकारी रुपमा सन्चालन गरिरहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक कार्य प्रगति प्रतिवेदन अनुसार विभागले सबैभन्दा बढी मोवाईल भ्यानको प्रयोग गरेर बजार अनुगमन तथा निरिक्षणलाई प्रभावकारी रुपमा सन्चालन गरिरहेको पाईएको हो ।
आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक (२०८२ श्रावण १ देखि असोज मसान्त) सम्म विभागले तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परिक्षण साथै चाडपर्व लक्षित अनुगमनमा होटल रेष्टुरेण्टहरुको निरीक्षण अनुगमन गरी दुध, खुवा तथा होटलहरुमा प्रयोग भएका तेलको नमूना सकंलन तथा स्थलगत परिक्षण एवं आवश्यक कारबाही गरेको छ । २०८१ असोज १६ गतेबाट विभागद्धारा संचालनमा आएका कुल ४ वटा मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी प्रशोधित दूध, तेल, प्रशोधित पिउने पानी, घ्यू, पेय पदार्थ लगायत विभिन्न खाद्य पदार्थहरूको स्थलगत प्रारम्भिक चेकजाँच तथा निरीक्षण अनुगमन एवं कारबाही अघि बढाइएको थियो ।
आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा ५६६ नमुनाहरू संकलन भएकोमा ३३२ वटा नमूनाहरूको विश्लेषण परिक्षण गर्दा खाद्यान्नरदलहनका ११७ वटा, प्रशोधित पिउने पानीका ३५ वटा, फल तथा सागपात जन्य पदार्थका २८ वटा, तेल तथा घ्यूजन्य पदार्थका ४९ वटा, मसलाका २९ वटा, दुध तथा दुग्ध पदार्थका २९ वटा, चियारकफीका १३ वटा, गुलियो पदार्थरकन्फेक्सनरीका १५ वटा, मासु तथा मासुजन्य पदार्थ २ वटा, नुनको १ वटा र अन्य खाद्य पदार्थका १४ वटा नमूनाहरु रहेकोमा विश्लेषण परिक्षण गर्दा दुध तथा दुग्ध पदार्थको १ वटा, प्रशोधित पिउने पानीका ४ वटा, तेल तथा घ्यू जन्य पदार्थको १ वटा र खाद्यान्न तथा दलहनका ५ वटा गरी जम्मा ११ वटा ९३.३१५० नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाईएको विभागका प्रवक्ता डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो ।
खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा १७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको पनि उहाँले बताउनु भयो । दायर गरिएका १७ मुद्दा मध्ये तेल तथा घ्यूजन्य पदार्थका ११ वटा, दुध तथा दुग्ध पदार्थका १ वटा, फल तथा सागपात जन्य पदार्थका २ वटा, खाद्यान्नरदलहनको १ वटा, मसलाको १ वटा र चियारकफीका १ वटा गरी जम्मा १७ वटा खाद्य पदार्थका रहेका छन् । उक्त दायर गरिएका १७ मुद्दा मध्ये १५ वटा न्यून गुणस्तरका र २ वटा लेबल सम्बन्धीका मुद्दाहरू रहेका छन् ।
यसैगरी प्रथम त्रैमासिक अवधिमा स्वच्छता सर्भिलेन्सका अन्तर्गत ९०० वटा नमुनाहरू संकलन गरिएको थियो।जसअन्तरगत खाद्यर दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल अनुगमन तथा उजुरी उपर तत्काल सम्बोधन टोली मार्फत कारबाही लगायत जम्मा २९१८ पटक निरीक्षण अनुगमन गरिएको थियो।
यस प्रथम त्रैमासिक अवधिमा नयाँ उद्योगको अनुज्ञापत्र जारी २६० वटा, उद्योग अनुज्ञापत्र नवीकरण १८१ वटा तथा नयाँ उद्योग स्थापना गर्न सिफारिस ३४८ वटा गरी जम्मा ७८९ वटा उद्योगलाई नियमन गरिएको विभागले जनाएको छ ।
प्रथम त्रैमासिक अवधिको चाड पर्व लक्षित अनुगमनमा विभाग लगायत मातहतका कार्यालयबाट निरीक्षणका क्रममा उपभोग्य मिति समाप्त भएका, खाद्य अनुमतिपत्र नलिएका पूर्ण लेबल विवरण नभएका, स्थलगत परिक्षणमा कैफियत देखिएका र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ऐन विपरीत रहेका एघार लाख छपन्न हजार दुई सय छ रुपैयाँ बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको पनि कार्य प्रगतिविवरणमा देखिएको छ ।
जफत नष्ट गरिएका खाद्य पदार्थहरूमा म्याद गुज्रिएका, लेबल नगरिएका, न्यूनस्तरका तथा दूषित खाद्य पदार्थ (मिठाई, पेय पदार्थ, मसला, खाद्यान्न, वियर, दालमोठ, चिप्स, मिट मसाला, चिजवल, मैदा, सुजी, जुस, हल्का पेय पदार्थ, तेल, आदि) रहेका छन् ।
यस्तै सोहि अवधिमा ५,६४९ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरिएको थियो। यस वर्ष आवश्यक कागजात पूरा नभएका जाइफल, Toor Dal (Split Pigeon Peas, रस्गुल्ला, राजभोग, गुलाब जामुन, खाद्यान्नरदलहन, रसबरी, मात्र, चिप्स लगायतका विविध खाद्य पदार्थहरू गरी ५४ वटा कन्साइन्मेन्टहरुको अनुमति अस्विकृत गरिएको थियो। खाद्य पदार्थको आयात अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window) बाट अनलाइन मार्फत सेवा दिने कार्य भइरहेको छ।
प्रथम त्रैमासिक अवधिमा विभागले १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा १४,५५९ वटा प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएकोमा १६ वटा नमुना प्रतिकुल पाईएको जनाएको छ ।
यस प्रथम त्रैमासिक अवधिमा निर्यात प्रयोजनका लागि विभागबाट ८ वटा खाद्य पदार्थ(Buff Sukuti, Instant Noodles, Muesli, Chiura, Dried fish, Cheeseballs, Cereal sticks Pumpkin Seed, French Fries, Soya Nauget ) को Health Certificate को जारी गरिएको थियो।त्यसैगरी, छुर्पी, अचार, , Instant Noodles, फ्रुट जुस, आदि जस्ता खाद्य पदार्थहरूको प्रयोगशाला परिक्षण गरी करिब ६२६८२.९४ अमेरिकी डलर बराबरको कुल ४३८७९.७ के.जी. खाद्य पदार्थ UAE, Kuwait, USA & Saudi Arabia जस्ता देशहरूमा निर्यात गर्नका लागि सहजीकरण गरिएको थियो।
निर्यात प्रयोजनको लागि खाद्य प्रविधि तथा नियन्त्रण कार्यालय, विराटनगरबाट १०,००० मेट्रिकटन प्रशोधित भटमासको तेल ९२ अर्ब बराबरको०, २,००० मेट्रिकटन प्रशोधित सूर्यमुखी तेल ९४० करोड बराबरको र ४८० मेट्रिकटन ९८ करोड बराबरको प्रशोधित पाल्म तेल भारत निर्यातका लागि र खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २३६.३४५ के.जी. ९२८५,२८१.४६ अमेरिकी डलर बराबरको HK, UAE, Japan, UK, USA, Australia, Italy, Poland, Germany, Netherland, Canada, South Africa मा निर्यातका लागि अनुमति दिइएको पनि विभागले जाएको छ ।
यस प्रथम त्रैमासिक अवधिमा ९३ वटा आहारपूरक खाद्य पदार्थको उत्पादन दर्ता र ३४७ वटा आहारपूरक खाद्य पदार्थको नवीकरण समेत गरी जम्मा ४४० वटा आहारपूरक खाद्य पदार्थ नियमन विभागले गरेको थियो ।
यस्तै ५,३४६ वटा नमुनाहरु तथा आयात निर्यात नियमन अन्तर्गत १४,५५९ वटा गरी जम्मा १९,९०५ वटा नमुनाहरूको प्रयोगशाला जाँच परिक्षण गरिएको थियो । नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलको नमूनाहरु १२ वटा आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुबाट तथा आन्तरीक बजारका तरकारी तथा फलफूलको नमूनाहरु ८ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूबाट १७,८३४ वटा नमुनाको आरबिपिआर विधिबाट विषादी अवशेष परिक्षण गर्दा २ वटा नमूनाहरु प्रतिकुल पाइएको जनाईएको छ ।