बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

  • मङ्लबार, कार्तिक ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

भोजपुर, ४ कात्तिक : बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।

बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फँुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ । “बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ”, उहाँले भन्नुभयो, “तर्साउन ढुङ्गा हान्ने गरे पनि नियन्त्रणमा आउँदैन । छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन ।”

जिल्लाको प्रमुख नगदेबालीका रूपमा सुन्तलाखेती पहिचान हुँदै आएको छ । तर पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ । समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय किसान गीता कार्कीले बताउनुभयो । किसानले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी