शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी

शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी

  • बिहिबार, अशोज ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

दोधारा चाँदनी (कञ्चनपुर), ९ असोजः एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक अध्यापन गर्ने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित हुनुहुन्छ ।

शिक्षण पेशा छोडेर व्यवसायिक रूपमा तरकारी खेतीमा लाग्नुभएका उहाँले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लाग्नुभएको हो । उहाँले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । “कोभिड सङ्क्रमण अघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे लामो समय लकडाउन भएपछि मैले तरकारी बिक्री गर्न थाले ।” पैतोलाले भन्नुभयो, “सुरुवातमा ६ कठ्ठा भाडामा लिएर टमाटर मात्रै लगाए, पछि विस्तारै लहरे तरकारी विस्तार गर्दै आए ।” उहाँले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गर्ने काम गर्नुभएको थियो । पछि उहाँलाई आफँैले खेतीमा लाग्नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गर्नुभएको हो ।

वैदेशिक रोजगारीको मोहले उहाँलाई पनि नछोएको होइन । त्यसका लागि उहाँले सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारीसमेत गर्नुभएको थियो । तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफँैले केही गर्नुपर्छ भन्ने लागेपछि उहाँले वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गनुर्भयो । “अर्काको ड्युउटी गर्नुभन्दा आफैले गर्नु राम्रो लाग्यो ।” उहाँले भन्नुभयो, “विदेश जादा दुःख बिरामी भएका बेला परिवारको ख्याल राख्न पाइदैन, यहाँ केही गरे परिवारसँग बस्न पाउँछु, परिवारको हेरचाँर र आम्दानी पनि हुने भयो ।” उहाँले अहिले दैनिक ८०० ज्याला दिनेगरी तीन जना कामदारसमेत राख्नुभएको छ । उहाँको जग्गामा टमाटर, करेला, काँक्रालगायतका लहरे तरकारी उत्पादन भइरहेको छ ।

सुरुवातमा टमाटर खेती गर्दा डेढ लाख लगानी लगाएका उहाँले त्यसपछिको कमाइ भने तरकारी खेतीको बिस्तारमै खर्च गर्नुभएको छ । “बिघाहको वार्षिक पचास हजारका दरले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएको छु ।” उहाँले भन्नुभयो, “सबै खर्च कटाएर वार्षिक पाँच लाख जति आम्दानी हुन्छ, यसले जीवनयापन भइरहेको छ ।” उहाँले तरकारी खेतीबाट आएको नाफा तरकारी खेतीको विस्तारमै खर्च गरिरहेको बताउनुभयो । वर्षाद्को समयमा भने तरकारी खेतीमा नोक्सानी बेहोर्नु परेको उहाँ भनाइ छ । तर मेहनतका साथ काम गरे स्वदेशमै पैसा कमाउन सकिने उहाँको भनाइ छ । “मेहनत गरेर तरकारी उत्पादन गर्न सके राम्रो बजार छ, यहाँबाट बजार पुग्दासम्म तरकारी बिक्री भइसक्छ ।” उहाँले भन्नुभयो, “आफ्नै देशमा पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ ।”

अङ्ग्रेजी विषमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फूर्सद्को समयमा विद्यार्थीलाई ट्युसन पढाउदै आउनुभएको छ । पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक सङ्केत हो । सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी