बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन

बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन

  • शनिबार, भदौ २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

गलकोट (बागलुङ), २१ भदौः बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

जिल्लामा किसानको दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दूग्ध सहकारी सङ्घले स्थापना गरेको उद्योगमा रु २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा घ्यू कोल्ड स्टोर निर्माण गरिएको दूग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो । सङ्घको रु १० लाख र रु१० लाख पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको अनुदानमा १० टन क्षमताको कोल्ड स्टोर बनाइएको हो ।

जिल्लाका एक हजार ४०० भन्दा बढी किसानबाट दैनिक तीन हजार ५०० लिटर दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको सङ्घले घ्यूलाई उचित तापक्रममा भण्डारण गरी बिक्री गर्नका लागि घ्यू कोल्ड स्टोरले सघाएको गौतमले बताउनुभयो ।

“दूधको माग घटबढ हुन्छ, कहिले दूधको माग धान्नै सकिन्न कहिले दूध धेरै भएको हुन्छ, दूधबाट छुर्पी बनाउदा ठूलो परिमाणमा घ्यू उत्पादन हुन्छ, उत्पादन भएको घ्यू एकैपटक बजारमा बिक्रीसमेत हुँदैन त्यसैले घ्यूलाई उचित तापक्रममा भण्डारण गर्न सानो फ्रिजले पुग्दैन” गौतमले भन्नुभयो “दूधको खपत कम हुँदा उत्पादन भएको घ्यूलाई क्रमश बिक्रीका लागि १० टन क्षमताको कोल्ड स्टोर अझै कम हुन्छ हामीलाई तर अनुदानले राहत मिलेको छ ।” कोल्ड स्टोरमा घ्यूलाई माइनस डिग्रिमा भण्डारण गरिँदै आइएको छ ।

अहिले सङ्घले रु एक हजार ५०० मा एक केजी घ्यू बिक्री गर्दै आएको छ । दूधसँगै दूधजन्य उत्पादन पनिर, छुर्पी, घ्यू र खुवा उत्पादन गर्दै आएको सहकारी सङ्घले आर्थिक वर्ष २०८१÷८२ मा किसानबाट रु आठ करोड ९३ लाखको नौ लाख ९२ हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ । दूधमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको बागलुङमा २४ प्रारम्भिक सहकारी र एक सङ्घले दूधको संकलन र बजारीकरण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी