मन्जुश्री फाइनान्सद्वारा Video KYC सेवा सुरु, अब खाता अपडेट गर्न शाखा जानु नपर्ने

मन्जुश्री फाइनान्सद्वारा Video KYC सेवा सुरु, अब खाता अपडेट गर्न शाखा जानु नपर्ने

  • मङ्लबार, साउन २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ, २० साउनः  मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै Video KYC सेवा सार्वजनिक गरेको छ। डिजिटल बैंकिङ प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो सेवा अन्तर्गत अब ग्राहकहरूले घरबाटै आफ्नो खाता अपडेट गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्।

Video KYC सेवा विशेषगरी प्रवासी नेपालीहरू र प्रविधिमा सजग ग्राहकहरू (tech-savvy) का लागि लक्षित गरिएको छ, जसले बैंक शाखामा जानुपर्ने झन्झट हटाउनेछ।

“ग्राहकको समय बचत र सहज सेवा दिनका लागि हामीले यो सेवा सुरु गरेका हौं, हामी डिजिटल बैंकिङको क्षेत्रमा निरन्तर नवप्रवर्तन गर्दै आएका छौं, फाईनान्सले भनेको छ ।”

Video KYC सेवा सुरु गरेसँगै मन्जुश्री फाइनान्सले फेरि एकपटक डिजिटल बैंकिङमा अग्रणी बन्ने आफ्नो प्रतिबद्धता दर्शाएको छ। कम्पनीले भविष्यमा अझ नयाँ प्रविधिहरू ल्याउँदै ग्राहक सेवा थप सहज बनाउँदै लैजाने बताएको छ।

हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १८. ६ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले  निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ | फाइनान्सले   हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ | हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी