किसानलाई मकैबाली जोगाउन धौ–धौ, जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

किसानलाई मकैबाली जोगाउन धौ–धौ, जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

  • सोमवार, साउन १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

बैतडी, १९ साउन : जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि बैतडीका किसानहरुको बास खेतबारीमै हुन थालेको छ ।

बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पु-याउने गरेको छ । दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताउनुभयो । मकैबाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “रातदिन जाग्राम बस्दासमेत मकैबाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकैबाली जोगाउन सकिएको छैन ।” भर्खरै घोगा लाग्न लागेको मकैबाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरुमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताउनुभयो ।

बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ ।

ती स्थानीय तहमा किसानलाई मकैबाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताउनुभयो । हरेक वर्ष मकैबालीमा जङ्गली जनावरले क्षति पु¥याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ । रातभरि जाग्राम बस्दासमेत मकैबाली जोगाउन धौ–धौ परेको छ । हरेक वर्ष मकैबाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ ।”

बैतडीमा १२ हजार एक सय हेक्टरमा मकैखेती गरिन्छ । जङ्गली जनावरकै कारण मकैखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी