मधेसमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आयो ?

मधेसमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आयो ?

  • सोमवार, साउन १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ, १२ साउन: मधेस प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् । काठमाडौँमा आज आयोजित जलवायु न्यायसम्बन्धी कार्यक्रममा विज्ञहरूले जलवायु परिवर्तनका कारण समस्या थप बढ्दै जाने भन्दै सोहीअनुसार बाली विकास गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा कृषिविज्ञ डा कृष्ण पौडेलले मधेसलगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धानखेती हुँदै आएकामा खडेरीले समस्या पर्दै आएको र यस खाद्य सुरक्षा जोखिम बढ्ने भएकाले सुक्खा स्थान अनुकूल खेती गर्नुपर्ने बताउनुभयो । उहाँले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको भन्दै गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

“कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्बर शक्ति गुमाएको छ । हानिकारक ग्यासको उत्सर्जनले बढेका तापक्रमले खडेरीलगायत समस्या निम्तिएकाले समस्या समाधान हुनेगरी सरकारले काम गर्नुपर्छ”, डा पौडेलले भन्नुभयो,“कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेअनुसार धेरै ‘डिप बोरिङ’ बनाउँदा दीर्घकालमा समस्या झन् बढ्नसक्छ । यो उपयुक्त उपाय होइन ।”

वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पतिसमेत प्रभावित भएकाले ती क्षेत्रका मुद्दा उजागर हुनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मुद्दा उठाउन बाटो देखाएको उहाँले बताउनुभयो ।

वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकारलगायत सरोकार भएकाहरूले भावी पुस्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले जलवायु परविर्तनबाट विशेष गरी महिलाहरू अन्यायमा परेको बताउनुभयो । उहाँले सुक्खा भएसँगै पानीका लागि लामो यात्रा गर्नुपर्दा महिलाहरू नै बढी प्रभावित हुने गरेको उहाँको भनाइ छ । सञ्चारिका समूह र एक्सनएडको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी