कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

  • शनिबार, साउन १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

त्रिवेणी (नवलपरासी), १० साउन : यहाँको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गर्नुभएको छ ।

तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गर्नुभएको छ । उहाँले बारीमा ४२४ वटा बोट रोप्नुभएको छ । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो ।

‘युट्युब’बाट हेरेर प्रभावित भई उहाँले कौसीमा ड्रागन फल खेती सुरुआत गर्नुभएको थियो । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा रु दुई हजार एक सयमा पनौतीबाट ल्याएर लगाउनुभएको थियो । कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको उहाँले बताउनुभयो । उहाँले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आउनुभएको छ ।

“मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालँे, अहिले मकहाँ धेरैजना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब रु दुई लाखको त बिरुवा नै बेचेँ”, जिसीले भन्नुभयो ।

गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थाल्नुभएको छ । असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिसक्नुभएको छ ।

बजारका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ । स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उहाँले बिक्री गर्दै आउनुभएको छ । पानी ट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी