असार ३२ काठमाण्डौँ । काठमाडौँ — अबदेखि हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
कोदोको उत्पादन निरन्तर घट्न थालेपछि सरकारले यो निर्णय गरेको हो ।
सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ ।
कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ ।
कोदो र कोदोजन्य परिकारको माग बढे पनि सरकारले उत्पादन बढाउन सकेको छैन । विगतको तथ्यांक हेर्दा कोदोको उत्पादन घट्दै गएको छ । कृषि मन्त्रालयका अनुसार २०७८÷७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती र ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको थियो ।
२०७९र८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर पुगेको छ । उत्पादन पनि घटेर ३ लाख १० हजार ८ सय ४७ टनमा झरेको मन्त्रालयको तथ्यांक छ ।