काठमाडौँमा यसरी मनाइयो विश्व खाद्य स्वच्छता दिवस(भिडियो सहित)

काठमाडौँमा यसरी मनाइयो विश्व खाद्य स्वच्छता दिवस(भिडियो सहित)

  • शनिबार, जेष्ठ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

२४ जेष्ठ, काठमाडौँ । आज विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाएको छ । ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा विभिन्न कार्यक्रम गरेर यस वर्षको विश्व खाद्य दिवस मनाइएको हो ।

खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले १६ वर्ष अघि देखि सुरू गरेको खाद्य स्वच्छता दिवसको अभियानलाई समर्थन हुने गरी कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठन को प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो ।

विभागले विगतजस्तै यो वर्ष पनि सप्ताहव्यापी रूपमा दिवस मनाएको हो । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छी खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विशालुको समस्या रहेको औल्याउदैँ स्वास्थ्य तथा सवल जनशक्ती राष्ट्र निर्माणको महत्वपुर्ण आधार स्तम्भ भएकोले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपान अपरिहार्य रहेको विभागले जनाएको छ ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी