काठमाडौं, २८ वैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको व्यासीमा रहेका जुजु धौ उद्योगमा अनुगमन गरि भ्रामक तथा तथ्यहिन भिडियोहरु सामाजिक सन्चालमा पोस्ट नगर्न सबैमा सचेत गराएको छ ।
पछिल्लो समय सामाजिक सन्जालमा भिडियो मार्फ जुजु धौमा अखाध् वस्तुहरुको मिलावट रहेको भन्दै प्रचारप्रसार हुन थालेपछि विभाग र जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, पत्रकार महासंघका प्रतिनिधिहरुको संयुक्त टोलीले अनुगमन गरेको थियो । विभिन्न सामाजिक संजाल तथा संचार माध्यममा जु जु धौ (दहि) मा टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु रहेको भनि विभिन्न सामाग्रीहरु प्रकाशन/प्रसारण भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी गराएपछि विभागको टोली अनुगमनमा गएको हो ।
संयुक्त अनुगमन टोलीले भक्तपुर नगरपालिका वार्ड नं २, ब्यासी मा रहेका लक्ष्मी दहि भण्डार, सैंजु दुग्ध उद्योग लगायतका डेरी तथा जुजुधौ उत्पादन तथा विक्री वितरण गर्ने उद्योगहरुको निरीक्षण तथा अनुगमन गरेको थियो ।
स्थलगत रुपमै दहीमा अखाद्य वस्तुहरु टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु मिसिएको वा नमिसिएको परिक्षण गरिएकोमा कुनै पनि अखाध्य वस्तु फेला नपरेको विभागले विज्ञप्ती मार्फत जनाएको छ ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले स्थलगत परिक्षणमा उक्त उद्योगवाट उत्पादिन जुजु धौ दहीमा सामाजिक संजालमा देखिएको जस्तो टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु लगायतका कुनैपनि कैफियत नभेटिएको जानकारी दिनुभएको छ ।

यसका साथै उद्योगहरुको उत्पादन स्थल, विक्री वितरण कक्ष, उत्पादन भइरहेको तथा विक्री वितरणको लागि तयारी अवस्थामा रहेका दहि (जुजुधौ) तथा जुजुधौ उत्पादनको लागि आवश्यक कच्चा पदार्थहरुको निरीक्षण गर्ने क्रममा समेत
कैफियत नभेटिएको धितालले बताउनु भयो ।
साथै विभागले यस प्रकारको भ्रामक तथा तथ्यहिन भिडियोहरु सामाजिक सन्चालमा पोस्ट गर्दा उद्योगहरुलाइ नकारात्मक असर गरि राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल प्रभाव पर्ने भएकोले संपुर्ण सामाजिक संजाल प्रयोगकर्ताहरुलाइ खाद्य वस्तुको गुणस्तर तथा स्वच्छता सम्वन्धी कन्टेन्टहरु प्रेशित गर्दा सजग तथा जिम्मेवार रहनु हुन सुचित गराएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी कुनै पनि उजुरी तथा गुनासो भए विभाग तथा मातहतका कार्यालय सुचना दिन समेत आग्रह गरिएको छ ।
साथै विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधानहरुको परिपालना गरि मात्र खाद्य पदार्थ उत्पादन तथा विक्रि वितरण गर्न÷गराउन संपुर्ण खाद्य व्यवसायीहरु लाई समेत आग्रह गरेको छ ।
