मस्ककी छोरी भन्छिन्, ‘थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ?

मस्ककी छोरी भन्छिन्, ‘थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ?

  • आइतवार, चैत्र १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

टोकियो, १० चैत । उद्योगपति एलन मस्क प्रायः हेडलाइनमा रहन्छन्।

तर, हालै एलोन मस्ककी ट्रान्स छोरी भिभियन जेना विल्सनले एक अन्तर्वार्ता दिएकी छिन् । यो अन्तर्वार्तामा भिभियनले आफ्नो बुबा मस्कसँगको सम्बन्ध कस्तो रहेको खुलाएकी छिन । जसका कारण मस्क अहिले आफ्नो परिवारको बारेमा विवादमा घेरिएका छन् ।

लेखिका एश्ले सेन्ट क्लेयरले सन् २०२४ मा मस्कको सन्तान जन्माएको खुलासा गरेकी थिइन । यस सम्बन्धमा जब भिभियनलाई उनका भाइबहिनीको बारेमा सोधिएको थियो, उनले भनिन्, ‘म आफैंलाई थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ?’

विभियन विल्सन एलोन मस्क र उनकी पूर्व पत्नी जस्टिन विल्सनको पहिलो सन्तान हुन्। भिभियनको जन्म सन् २००४ मा भएको थियो र उनी जन्मदा केटाको रूपमा रहेका थिए । त्यो बेला उनको नाम जेभियर मस्क थियो तर जब सन् २०२२ मा भिभियनले आफू ट्रान्स भएको घोषणा गरिन् र कानुनी रूपमा आफ्नो लिङ्ग र नाम पनि परिवर्तन गरिन् ।

भिभियन हाल जापानको टोकियोमा बस्छिन्। भिभियनले हालै ‘टिन भोएज’ सँगको अन्तर्वार्तामा धेरै ठूला खुलासा गरेका छन् । भिभियन २० वर्षकी भएकी छिन् । भिभियनको आफ्नो बुबा मस्कसँग धेरै नजिकको सम्बन्ध छैन। उनले अन्तर्वार्तामा आफू आर्थिक रूपमा एलोन मस्कमा निर्भर नभएकोसमेत बताएकी छिन् । उनले विगत ५ वर्षदेखि पीता मस्कसँग कुरा नगरेकोसमेत खुलासा गरेका छिन् ।

भिभियनले एलोन मस्क र उनका बच्चाहरूको बारेमा टिप्पणी गरेका थिइन। उनले भनिन्, ‘म भन्छु कि मलाई साँच्चै थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन्।’ उनले आफ्नो परिवारको सदस्यका बारेमा पनि जानकारी नभएकोसमेत बताएका छन् । जसरी इलन मस्कको सन्तान भएको कुरा सारा संसारलाई थाहा हुन्छ, त्यसैगरी सामाजिक सञ्जाल र समाचारका माध्यमबाट उनलाई पनि थाहा हुन्छ, तर औपचारिक रूपमा आफु जानकार नभएको उनले दावी गरेकी छिन् ।

उनका बुबा संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक भए पनि भिभियन भने उनीसँग कुनै सम्बन्ध राख्न चाहँदैनन्। उनले यो पनि स्पष्ट गरिन् कि उनी सधैं बढ्दो मस्क परिवारको उनी सम्बन्धलाई कायम राख्न पनि कुनै चासो राख्दैनन्।

उनका छोराले लिङ्ग परिवर्तन गरे पछि मस्क उनीसँग रिसाएका थिए । कतिसम्म भने क्यार्लिफोनियाका एक अदालतमा उभिएर उनले आफनो पिता मस्को मृत्यु भएको घोषणासमेत गरेका थिए । खासमा, मस्क छोराले लिङ्ग परिवर्तन गर्ने निर्णयको सदैब बिपक्षमा उभिदैँ आएका थिए ।

कतिसम्म भनिन्छ भने राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले सपथमा नै अमेरिकामा २ वटा लिङ्ग मात्रै भएको घोषणा गर्नुमा मस्कको ठुलो हात रहेको विश्वास गरिन्छ । किनभने, उनी घरमा छोराको ब्यावहारवाट निकै प्रताडित थिए । जसको कारण उनले ट्रम्पमार्फत ‘ट्रान्सजेन्डर’ को बिपक्षमा अमेरिका रहेको भन्ने पुर्ववत नीति नै परिवर्तन गराए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी