खाद्य नियमावलीको मस्यौदा तयार गर्ने विभागको निर्णय

खाद्य नियमावलीको मस्यौदा तयार गर्ने विभागको निर्णय

  • आइतवार, फाल्गुन ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

११ फागुन, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको आइतवार बसेको तेस्रो पूर्ण बैठकले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य स्वच्छता तथा गुणस्तर नियमावली तयार गर्न नियमावलीको मस्यौदा तयार गर्ने निर्णय गरेको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ऐनको दफा ५ बमोजिम “खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति” को व्यवस्था छ । बैठकमा समितिका अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा विभागको कर्मचारीको सहभागिता थियो ।

बैठकले प्राप्त राय तथा सुझावहरू समेटी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ७ बमोजिम रोल्ड ओट्सको स्वच्छता एवं गुणस्तर मापदण्डलाई बैठकमा छलफल भएअनुसार परिमार्जन गरी स्वीकृत गर्ने र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय भएको थियो ।

यस्तै, स्थानीय परम्परागत खाद्य पदार्थ मस्यौदाको स्वच्छता तथा गुणस्तर मापदण्ड समेत स्वीकृत गरी सिफारिस गर्ने निर्णय भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

महर्जनका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ५ बमोजिम ‘खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति’ को बैठकमा मस्यौराको गुणस्तर मापदण्ड स्वीकृत गरी सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी