परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

  • शनिबार, पुस ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

बिरगंज ६ पौष । परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज रोयल पार्टी प्यालेसमा एक कार्यक्रम बिच सम्पन्न भएको छ।

परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका संचालक शम्भु प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सो संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उदघाटन समारोहमा प्रमुख गुप्ताले यो सहकारी संस्था विधिसम्मतले चल्दै आइरहेकोले सहकारी संस्था मध्ये यो पनि एउटा उत्कृष्ट सहकारी संस्थाको रुपमा परिचित रहेको बताए ।

यस संस्थाले बजारमा राम्रो लगानी गरेको र आर्थिक संकलन पनि राम्रो गरेको अभिलेखमा पाएको गुप्ताले बताएका छन् । अहिले देशको आर्थिक अवस्था र बजारको स्थित ठीक नभएको बेलामा आफ्नो शेयर सदस्यहरुलाई लाभान्वित गरेकोमा आफुलाई धेरै खुशी लागेको बताएका हुन ।उनले भने थप आगामी दिनहरुमा यो भन्दा पनि राम्रो प्रगति गरेको देख्न चाहेको बताएका छन् ।

उदघाटन समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित ,निवर्तमान संचालक नेफ्स्कुन केन्द्रीय कार्यसमितिका हरेराम पटेल ,जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिव जिष्णु बरालले यो संस्था अहिले सम्म राम्रो प्रगति गरेको र सहकारीले गर्नुपर्ने सबै विधि प्रक्रिया पुरा गरेकोले धेरै उपलब्धि गरेको बताएका छन् ।राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय साह,बीरगंज महानगरपालिकाका प्रशासकीय प्रमुख प्रतिज्ञा बैध,ठाराब क्याम्पसका पुर्व क्याम्पस प्रमुख हरि बैध,संस्थाका संस्थापक अध्यक्ष कृष्ण देव साह लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।

परिवार बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक मुन्ना कुमार ठाकुरका अनुसार संस्थाले हालसम्म १९ लाख ५७ हजार ४२६ नाफा कमाउन सफल भएको र निक्षेप ४ करोड ४१ लाख ७८ हजार ६६१ शेयर पुजी ९० लाख ५९ हजार ८०० संस्थामा हाल सदस्य संख्या १२७८ जना रहेको बताएका छन्। कार्यक्रमको सहजिकरण सचिव राजेश बहादुर श्रेष्ठले गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी