गढीमाई मेलामा खाद्य अनुगमन, मोबाइल भ्यान सञ्चालनमा ल्याएपछि सेवा प्रभावकारी बन्दै

गढीमाई मेलामा खाद्य अनुगमन, मोबाइल भ्यान सञ्चालनमा ल्याएपछि सेवा प्रभावकारी बन्दै

  • आइतवार, मंसिर २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

२३ मंसिर,काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘¥यापिड रेस्पोन्स टिम’ ले बारामा लागेको गढिमाई मेलामा खाद्य पदार्थ अनगुमन र निरीक्षण गरेको छ । मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी गढीमाई मेलामा स्थलगत खाद्य पदार्थ परीक्षण समेत गरी मेलामा खाद्य पदार्थ निरीक्षण अनुगमन गरेको हो ।
मोवाइल फुड ल्याव भ्यान सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साले संयुक्त रुपमा उक्त मेला बिक्री बितरण भइरहेको खाद्य तथा पेयजन्य पदार्थको परीक्षण गरेको विभाग प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘मेला, महोत्सव हुने खाद्य पदार्थमा अत्यधिक रङ प्रयोग, उपभोग्य अवधि सकिएका खाद्यान्न बिक्री, खाद्य वस्तु तार्न एउटै तेल बारम्बार प्रयोग, मसी भएको कागजमा प्याकिङ, अखाद्य रङ प्रयोग र सरसफाइ कमीजस्ता समस्या देखिने गरेको थियो । यसैलाई मध्यनजर गरी हामीले अनुगमन गरेका हौं,’ ।
महर्जनका अनुसार खाद्य पदार्थमा अत्याधिक रंगको प्रयोग, उपभोग्य अवधि, खाद्य वस्तु तयार पार्न प्रयोग हुने खानेतेल, मसि लागेको कागजको प्रयोग, अखाद्य रंगको प्रयोगलगायतको बिषयमा परीक्षण गरिएको थियो ।
अनुमगनको क्रममा दूध, खुवा, प्रशोधित पिउने पानी, कटन क्याण्डी, लड्डू, जेरी, चप, पानी पुरी तथा तेलसहित गरी १३८ वटा नमूना संकलन गरी स्थलगत प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षणको क्रममा कैफियत पाईएका तेल, रंगिन मिठाई र कटन क्याण्डी नष्ट गरी कारवाही गरिएको थियो ।
मेला सञ्चालन अवधिभरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साबाट नियमित अनुगमन हुने व्यवस्था समेत मिलाएको छ ।
विभागले अनुगमनस्थलमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न सुविधासम्पन्न मोबाइल भ्यान सञ्चालनमा ल्याएपछि यसको सेवा प्रभावकारी बन्दै गएको छ । विगत ६ वर्षअघि नै ल्यावोरेटरी भ्यान ल्याए पनि थन्किएर बसेको थियो ।
अहिले विभागले चार वटा मोबाईल भ्यान मार्फत खाद्यबस्तुको गुणस्तर परीक्षण भईरहेको छ । ‘उपभोक्ताको स्वास्थ्य खेलबाड गरेको पाइए तत्काल कार्बाही पनि गर्ने गरिएकाले यसले बजारमा सुधार ल्याउने विभागको विस्वास छ ।
उपत्यकामा मात्र केन्द्र्रीत रहेकोमा ‘मोबाइल फुड ल्याब भ्यान’ ले पहिलो पटक सांस्कृतिक मेला, महोत्सव निरीक्षण अनुमगन सुरुवात गरेको हो ।
खाद्य तथा प्रविधि गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ०७५ सालमा करिब २८ करोडमा दुई/दुई वटा भ्यान खरिद भएको थियो ।

अनुगमन गर्दा अनुगमनस्थलमै दूधको गुणस्तर, तरकारीको विषादी, तेल, सिमेन्ट लगायत वस्तु तत्काल परीक्षण हुन सक्छ । मेसिनमा राख्नेबित्तिकै परीक्षण र नतिजा आउने भएकाले यो प्रभावकारी हुने प्रवक्ता महर्जनले बताउनु भयो ।
हाल सम्म मोबाईल भ्यानको प्रयोगबाट उपत्यकाका दर्जनौ स्थानमा खाद्यबस्तुहरुको परीक्षण गरिसकिएको र यो क्रम जारी रहेको उहाँको भनाई छ । यसअघि विभागले मोवाईल भ्यानको प्रयोग गरेर चाडपर्व लक्षित गरिएको अनुगमनमा मात्रै भाटभटेनी सहित दर्जन बढी खाद्य कम्पनी र होटल रेष्टुरेन्टहरुको खाद्य बस्तु परिक्षण गरेको थियो । यो प्रविधिले अनुगमन स्थलमै हुने परीक्षणबाट उपभोक्ता र व्यापारीहरु पनि सन्तुष्ट देखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी