न्युजिल्याण्डका सांसदले बिधेयक च्यातेर हाका नाच्न थालेपछि……..

न्युजिल्याण्डका सांसदले बिधेयक च्यातेर हाका नाच्न थालेपछि……..

  • शनिबार, मंसिर १, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

वेलिङटन । न्युजिल्याण्डको सदनमा एक २२ वर्षीया सांसदले प्रस्तावित विधेयकमा असहमति राख्दै विधेयक च्यातेर संसद्‌मै आफ्नो परम्परागत ुहाका नृत्यु गरेपछि यो घटना संसारभर भाईरल बनेको छ ।

हाकाको तालले संसद् गुञ्जायमान बनेको थियो । उनले विधेयक च्यातेर नाच्न थालेपछि अन्य सांसदहरु पनि नाच्न थालेका थिए ।

बिहीबार जब सदनमा यहाँका आदिवासी माओरी समुदायको अधिकार खुम्च्याउने गरी १८४ वर्ष पुरानो सन्धि पुनस् व्याख्यासहितको विधेयक प्रस्तुत हुन्छ, माओरी समुदायका सांसदहरूले उक्त विधेयकको विरोधमा संसद्‌मै आफ्नो परम्परागत हाका नृत्य प्रस्तुत गरेर विरोध गरे ।

अहिले संसद्को त्यही दृश्व सामाजिक सञ्जालबाट विश्वभर भाइरल बनिरहेको छ । सन् १८४० मा ब्रिटिस क्राउन र आदिवासी माओरी अगुवाहरूबीच भएको सन्धिका आधारमा न्यूजील्याण्ड देश स्थापना भएको थियो ।

तर हाल आएर सत्तारुढ गठबन्धनले त्यही सन्धिमा भएका लिखतहरूको पुनस् व्याख्या गर्ने र आदिवासी माओरी समुदायको अधिकारमा कटौती गर्ने गरी विधेयक प्रस्तुत गरेपछि न्यूजील्याण्डमा त्यसको विरोध हुँदै आएको छ ।

यहाँ कुल जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्ने माओरीहरूले उक्त विधेयकको विरोध गर्दै आएका छन् । त्यसबारे संसद्‌मा यसअघि पनि विरोध हुँदै आएको थियो ।

बैठकमा सभामुख जेरी ब्राउनलीले उक्त विधेयक भोटिङका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

ब्राउनलीले विधेयकको पहिलो खण्ड प्रस्तुत गरिसकेपछि संसद्‌मा विपक्षमा रहेको माओरी पार्टीका सांसदहरूलाई विधेयकको पक्षमा मतदान गर्नेबारे सोधेका थिए । त्यसपछि संसद् बैठक अशान्त बनेको थियो ।

सभामुख ब्राउनलीको प्रश्न आउनेबित्तिकै माओरी पार्टीकी २२ वर्षीय युवा सांसद हाना रावहिती माइपी क्लार्कले प्रस्तावित विधेयक च्यातेर हाका नृत्य प्रस्तुत गर्न सुरू गरिन् । हाका आदिवासी माओरी समुदायको ऐतिहासिक सांस्कृतिक नृत्य हो ।

हानाले हाका नाच सुरू गर्नेबित्तिकै संसद्‌का अन्य सदस्यहरूले पनि नृत्य सुरू गरेका थिए भने ग्यालरीमा बस्नेहरुले पनि हाका नाचेका थिए ।

जबकि अहिले न्यूजील्याण्डमा उक्त विधेयकको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । माओरी समुदायले भने आफूहरूमाथि हुँदै आएको अन्याय र अत्याचारको सम्बोधन हुने गरी कानून बनाउनुपर्ने माग गर्दै आएका छन् ।

माओरी सांसदहरूको विरोधका कारण बिहीबारको बैठक करिब आधा घण्टासम्म अवरुद्ध भएपनि ३० मिनेटको ब्रेकपछि भने सांसद मेपे क्लार्कलाई सदनबाट निलम्बन गरी गठबन्धन दलले विधेयक पारित गरेका थिए ।

तर विधेयक पारित भएर पूर्ण कार्यान्वयनमा आउने वा नआउनेबारे भने अन्योल छाएको छ । हालै प्रधानमन्त्री क्रिस्टोफर लक्सनले पनि उक्त विधेयकलाई विभाजनकारी भएको टिप्पणी गरेका छन् ।

१२३ सदस्यीय संसद्‌मा माओरी पार्टीबाट ६ जना सांसद रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी