भिभो वाई १९ एसः स्टाइल र मनोरञ्जनको अद्भुत मिश्रण

भिभो वाई १९ एसः स्टाइल र मनोरञ्जनको अद्भुत मिश्रण

  • आइतवार, कार्तिक २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, कार्तिक २५ । विश्वप्रसिद्ध प्रविधि ब्राण्ड भिभोले आज वाई सिरिजको पछिल्लो उत्कृष्ट फोन, भिभो वाई १९ एस, सार्वजनिक गरेको छ । यो फोनले आकर्षक डिजाइन र मनोरञ्जनात्मक विशेषताहरू प्रस्तुत गर्दछ, जसले यसलाई युवा पुस्ताको लागि स्मार्ट सामाजिक साथीको रूपमा स्थापित गर्छ ।
भिभो वाई १९एसले डाइनामिक लाइटसहितको स्टाइलिश डिजाइन प्रस्तुत गर्दै स्मार्टफोनको सौन्दर्यलाई नयाँ उचाइमा पु¥याएको छ । फोनको क्यामेरा मोड्युलसँग सुन्दर रूपमा मिलाइएको यो अभिनव ब्रीदिङ लाइट फिचरले सूचनाहरूको लागी मात्र नभई, प्रयोगकर्ताहरूको दैनिक जीवनमा आउने विभिन्न परिदृश्यहरू जस्तै कलहरू आउँदा, फोटो सुटिङ काउन्टडाउन, गेम सुरु हुँदा, संगीत सुन्दा, र ब्याट्री चार्जिङको समयमा लाइटलाई अनुकूलन गर्ने सुविधा प्रदान गर्दछ।
भिभो वाई १९एस दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध छ, जसले बनावट र प्रकाश प्रतिबिम्बको अद्वितीय खेल प्रस्तुत गर्छ। पर्ल सिल्भर मोडेलले इरिडेसन्ट कोटिंग प्रयोग गरेर इन्द्रेणीका रङहरूको चमकदार दृश्य दिन्छ , जबकि डायमण्ड ब्लयाक संस्करणले डायमण्डजस्तो चमक दिने सूक्ष्म र आकर्षक बनावट समेटेको छ । यी रंग विकल्पहरूले फोनलाई स्टाइलिश बनाउनुका साथै प्रयोगकर्ताहरूलाई आफ्नै शैलीअनुसार छनोट गर्ने अवसर दिन्छ ।
भिभो वाई १९एस एक अद्वितीय दृश्य–अनुभवको लागि डिजाइन गरिएको छ, जबकि यसले प्रयोगकर्ताहरूको आँखा आरामलाई पनि उत्तिकै प्राथमिकतामा राख्दछ । यो फोनमा ६.६८ इन्चको ९० हर्ट्ज डज डिस्प्ले छ, , जसले प्रत्येक टच र ग्रिपलाई एक नयाँ अनुभव प्रदान गर्दछ । भिभो वाई १९एसको स्क्रीन ब्राइटनेस १००० निट्ससम्म पुग्न सक्छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा पनि उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ । चाहे तपाईं चर्को घाममुनि हुनुहोस् वा उज्यालो कोठामा, यसको उच्च स्क्रीन चमकले दृश्यलाई अझ स्पष्ट बनाउँछ । यस फोनको स्क्रिनमा टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको छ , जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्दछ । डुअल स्टीरियो स्पिकरको साथ ३००% अडियो बूस्टर सुविधा पनि रहेको भिभो वाई १९एसले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्दछ ।
भिभो वाई १९एस ५१५० एमएएच ब्याट्री संग सुसज्जित छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिंगका लागि पर्याप्त शक्ति प्रदान गर्दछ । यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ , जसले १६०० चार्ज साइकल पछि पनि कम्तीमा ८० % क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ । भिभो वाई १९एसले एस जि एस ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन प्राप्त गरेको छ, जसले फोनलाई भित्र र बाहिरबाट मजबुत बनाउँछ । यसको आईपि ६४ रेटिङ्गले यसलाई धुलो र पानीको छिटाबाट सुरक्षित राख्छ । भिभो वाई १९एसले ५० एमपी मुख्य क्यामेराको साथमा पोर्ट्रेट र रात्री मोडको विशेषताहरू समेटेको छ, जसले क्रिस्टल स्पष्ट तस्बिरहरू खिच्न र रोमाञ्चक फोटोग्राफी अनुभव गर्न मद्दत पु¥याउँछ ।
युवा प्रयोगकर्ताहरूलाई ध्यानमा राखेर तयार गरिएको भिभो वाई १९एसले आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनको संयोजन प्रस्तुत गरेको छ, जसले यसलाई स्मार्टफोन बजारमा एक विशेष विकल्प बनाएको छ । यो दुई भेरियन्टमा उपलब्ध छ— ४÷१२८ जिबी स्टोरेजको मूल्य रू. १६,९९९ र ६÷१२८ जिबी स्टोरेजको मूल्य रू. १८,४९९—जसले स्टाइल र उत्कृष्ट कार्यसम्पादन खोज्ने प्रयोगकर्ताहरूलाई अत्याधुनिक विशेषताहरू किफायती मूल्यमा प्रदान गर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी