थलापति विजयको अन्तिम फिल्मको घोषणा

थलापति विजयको अन्तिम फिल्मको घोषणा

  • आइतवार, भदौ ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ । साउथ सुपरस्टार थलापति विजयको करिअरको अन्तिम फिल्म थालापति ६९ को घोषणा गरिएको छ । शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

‘थलापति ६९’ शीर्षक राखिएको फिल्मलाई सन् २०२५ को अक्टोबर यानिकी २०८२ सालको असोजमा रिलिज गर्ने घोषणा गरिएको छ । तमिल, तेलुगू र हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट विजयले तीन दशक लामो करिअरको अन्त्य गरेर राजनीतिमा सक्रिय हुने छन् । यस फिल्मका लागि उनले २७५ करोड भारु पारिश्रमिक लिएको भारतीय मिडियामा चर्चा रहेको छ । ‘थलापति ६९’को निर्देशन एच। विनोथले गर्नेछन् । विजयसँग उनको यो पहिलो सहकार्य हुनेछ । फिल्मको अभिनेत्रीमा पूजा हेगडे र भिलेनमा बबी देओलको चर्चा रहेको छ ।

यो फिल्म रिलिजपछि विजयले अभिनयबाट संन्यास लिएर पूर्णकालीन राजनीति सुरु गर्दैछन् । उनले ६ महिना अगाडि आफू प्रमुख रहने गरी राजनीतिक दलको घोषणा गरेका थिए । तमिझागा वेत्री कझगम ९तमिलनाडु विजय पार्टी० नाम राखिएको विजयको पार्टी भारतीय निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सन् २०२६ को ‘विधान सभा’ मा उनको पार्टीले चुनाव लड्ने घोषणा गरिएको छ ।

विजय तमिलनाडु क्षेत्रमा अभिनेता रजनीकान्तपछिको प्रभावशाली अभिनेता मानिन्छन् । त्यस क्षेत्रमा उनको कुन हदसम्म प्रभाव छ भने सन् २०२१ मा उनको नाममा प्रशंसकहरुले खोलेको पार्टीले तमिलनाडुको स्थानीय निकायको चुनावमा ११५ सिट जितेको थियो । अब विजय आफैं राजनीतिमा होमिएकाले उनको पार्टीले २०२६ को ‘विधान सभा’ चुनावमा ठूलो सिट जित्ने अनुमान गरिएको छ ।

उनको फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ यतिबेला प्रदर्शनरत छ । फिल्मले ९ दिनमा विश्वभर ३५० करोडमाथिको कमाई गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी