कृषि विकास बैंकद्धारा नुवाकोटको रक्तकालीदेवी मन्दिर पुननिर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण

कृषि विकास बैंकद्धारा नुवाकोटको रक्तकालीदेवी मन्दिर पुननिर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण

  • बिहिबार, असार १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

कृषि विकास बैंक लि.शाखा कार्यालय खरानीटार, नुवाकोटको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रक्तकालीदेवी मन्दिर पुन निर्माण समिति पन्चकन्या ४, आरुखर्क नुवाकोटलाई २०८१ आषाढ १२ गते एक कार्यक्रमको आयोजना गरी मन्दिर पुन निर्माणको लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

कृृषि विकास बैंक लि. बागमती प्रदेश कार्यालयका निर्देशक गिरीधारी पौडेलको प्रमुख आतिथ्यतामा सन्पन्न भएको कार्यक्रमको सहयोग रकमको चेक श्री रक्तकालीदेवी मन्दिर पुन निर्माण समितिको अध्यक्ष गिरेन्द्र बहादुर थापालाई हस्तान्तरण भयोे ।

सो आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंक लि. बागमती प्रदेश कार्यालय काठमाण्डौका शाखा प्रमुख मधुसुदन खकुराल र शाखा अधिकृत बासुदेव खनाल तथा शाखा कार्यालय खरानीटार, नुवाकोटका प्रबन्धक केदार प्रसाद लामिछाने, मार्केटिङ्ग तथा सेल्स विभागका प्रतिनिधि दिपक थापा तथा मंगला मा.वि. का प्र.अ. श्री श्याम बहादुर पण्डित लगायतका अन्य स्थानिय विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि गिरीधारी पौडेलले बैंकबाट प्रवाह हुने सम्पुर्ण सेवाहरुको वारेमा जानकारी गराउदै देशभरका शाखाहरुबाट बैकका सम्पुर्ण सेवाहरु लिन सकिने बिषयको जानकारी गराउनु भयो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समयसमयमा दैवी प्रकोप, आगलागी, भुकम्प जस्ता विपत्तिमा परेकोहरुलाई आर्थिक सहयोग, वातावरण संरक्षण, प्रतिक्षालय, मठ मन्दिर निर्माण तथा मर्मत, विद्यालयलाई भौतिक सामाग्री, खानेपानी व्यवस्था, सडक निर्माण, सामुदायिक भवन निर्माण, किरिया पुत्री भवन निर्माण तथा मर्मत, बृद्धाश्रम अनाथालय लगायतका कार्यक्रमहरुमा सहयोग गर्दै आईरहेको विषयमा प्रकाश पार्नुभएको थियो ।

साथै सो कार्यक्रममा शाखा कार्यालय खरानीटार, नुवाकोटका प्रबन्धक केदार प्रसाद लामिछानेले समेत बैकको स्थानिय कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रको सहजिकरण शाखा प्रमुख मधुसुदन खकुराल र शाखा अधिकृत बासुदेव खनालले गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी