लालझाडी वडा नम्बर ६ चाँन्देवका किसान जलवायुमैत्री व्यवसायिक तरकारी खेती तर्फ उन्मुख

लालझाडी वडा नम्बर ६ चाँन्देवका किसान जलवायुमैत्री व्यवसायिक तरकारी खेती तर्फ उन्मुख

  • सोमवार, बैशाख २४, २०८१
  • डम्मर दत्त भट्ट

  • 13K
    SHARES

दत्त भट्ट कञ्चनपुर, बैशाख २३ ।  कञ्चनपुर जिल्लाको पुर्विदक्षिणी क्षेत्रमा रहेको लालझाडी गाँउपालिका चाँन्देव गाँउका किसानहरु जलवायुमैत्री प्रविधीबाट तरकारी खेतीमा उन्मुख भएका छन । लालझाडी गाँउपालिका ६ चाँदेव गाँउका किसान जलवायुमैत्री प्रविधीबाट व्यवसायिक तरकारी खेतीमा उन्मुख भएका हुन ।

प्राङगारिक मल प्रयोग गर्दै विभिन्न प्रजातिका तरकारी खेती गरेका छन । सिँचाई सेवा सुविधा नभएको भएको गाँउमा सोलारपावरबाट सिँचाई पु¥याईएको छ । चाँन्देवकी स्थानीय किसान पार्वती चौधरीले ३कट्टा जमिनमा व्यवसायिक तरकारी खेती गरेकी छिन । टर्नेल सहित खुला रुपमा टमाटर, करेला, बोडी, खिरा, भिट्टी, लौका सहितका व्यवसायिक तरकारी खेती गरेकी हुन । ‘हाम्रो गाँउमा सिँचाई सुविधा छैन, तैपनि हामीले प्रविधि सहित सुविधा पाएपछि व्यवसायिक तरकारी खेती गर्न लागेका छौँ, ‘उनले भनिन, ‘तरकारी खेतीबाटै घरखर्च चलाएको छु ।’ आफुले पहिलो पटक नयाँ प्रविधीबाट तरकारी खेती गरेको उनले बताईन । ‘विगतमा हामीले परम्परागत शैलीमा तरकारी खेती गर्दै आएका थियौँ, ‘उनले भनिन, ‘अहिले हामीलाई कृषि ज्ञान केन्द्र ली–वर्ड सक्षम परियोजनाले नयाँ प्रविधिबाट तरकारी लगाउन सिकाएको छ ।’ अर्की महिला किसान बेलमती चौधरीले घरबाटै निस्किको फोहोरपानी जम्मा गर्ने, मलका लागि पशुधनको मुत्र, गोबर संकलन गरेर प्राङगारिक मल उत्पादन गरे तरकारी खेती गरेको बताईन । उनले पानी सकलन, गड्यौला र पशुधनको मुत्र, गोबर संकलन गरेर प्राङगारिक मल उत्पादन गर्दै थोपा सिँचाई मार्फत तरकारी खेती गरिरहेको बताईन । बेलमतीले समेत चार कट्टा जमिनमा बेमौषमी मकै सहित टमाटर, करेला, बोडी, खिरा, भिट्टी, लौका खेती गरेकी छिन । ‘अहिले हामीलाई बेमौसमी तरकारी खेतीका लागि समेत सिँचाईको अभाव छैन, ‘उनले भनिन, ‘सोलारबाट बिहानदेखि साँझसम्म सिँचाई गर्न सुविधा भएको छ ।’ उत्पादित तरकारी गाँउ सहितका आसपासका बजारमा लगेर बिक्रि वितरण गर्दै आएको बताईन ।

 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर सिहले कृषि ज्ञान केन्द्र सहित लिबर्डको सयुक्त पहलमा चाँदनेवमा जलवायु मैत्री नमुना गाँउ कार्यक्रम अन्र्तरगत ४२ किसानले झण्डै ५-६ विगाह क्षेत्रफलमा तरकारी खेती गरिरहेको बताए । यसका साथै हामीले कृषि ज्ञान केन्द्रले किसानका लागि आईपिएम कक्षा मार्फत नमुनाका लागि मकै आधुनिक तथा परम्परागत रुपमा मकैखेती समेत गरेको बताए । लिवर्ड सक्षम परियोजना प्रमुख ईन्द्रेश्वर मण्डलले सिजन विपन्न समुदायका किसानको आत्मनिर्भर बनाउनका लागि उनीहरुलाई जलवायु अनुकुल तरकारी खेती तर्फ उन्मुख गराएको बताए । उनका अनुसार किसानलाई प्रविधी सहित टर्नेल निर्माण, गोठ सुधार, बिउबिजन वितरण तालिम लिएर व्यवसायिक तरकारीखेती व्यवसायमा अग्रसर गराएको बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोबिन्द सिजापतीले जलवायु परिर्वतनका कारण उत्पन्न समस्यासंग जुध्दै किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले स्थानीय स्तरमा उत्पादिन स्रोत साधन प्रयोग गर्दै तरकारी खेतीमा उन्मुख गराएको बताए । जलवायु परिर्वतन अनुरुप किसानलाई समेत तरकारी खेती उन्मुख गराएको बताए । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले स्थानीय सरकारले गर्न नसकेको काम लिवर्ड र कृषि ज्ञान केन्द्रले गाँउमा आएर किसानलाई जलवायु अनुकुल तरकारी खेती गराएर आत्मनिर्भर बनाउने काम गरेको बताए । ‘गाँउका किसानलाई आत्मनिर्भर बनाउन पालिकाले समेत आगामी दिनमा सहकार्य गर्नुपर्छ, ‘उनले भने, ‘उपभोक्ताका लागि किसानलाई रसायनयुक्त विषादी रहित तरकारी उत्पादन गर्न किसान सक्षम छन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी