दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जंगलमा भीषण आगलागी

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जंगलमा भीषण आगलागी

  • मङ्लबार, बैशाख १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

रामेछाप, १८ वैशाख । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-७ मा पर्ने शैलुङ जंगलमा भीषण आगलागी भएको छ । मंगलबार अपरान्ह ३ बजेबाट वडा नम्बर ७ को डाेरखानीबाट आगो फैलिएको स्थानीयले बताएका छन् । डाेरखानीमा सुकेको सोत्तर जलाउने क्रममा आगो फैलिएर जंगलमा प्रवेश गरेको स्थानीयले बताए ।

आगो जंगलमा फैलिइसकेको भएपनि नियन्त्रणका लागि सरकारी पक्षबाट यो समाचार तयार गर्दासम्म कुनै पहल नभएको मिर्मिरे अनलाईनसँग स्थानीयवासिले बताएका छन् । डढेलो बढेकाले स्थानीय स्रोत साधनको प्रयोग गरेर नियन्त्रणमा लिन सक्ने अवस्थानै नरहेको बताएको छ ।

जति सक्दो छिटो सरकारी तवरबाट आगाे नियन्त्रणमा लिने प्रयास नगरिए पुरै जंगल नै नष्ट हुने र घना जंगल भएकोले आगलागी नियन्त्रणका लागि करिब ३ महिना लाग्न सक्ने स्थानीय जानकारको भनाई छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय, रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आगलागिबारे भर्खरै सूचना आएकाले त्यहाँको बस्तुस्थितिबारे बुझ्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेको बताउनुभयो । दोरम्भामा नै रहेको नेपाली सेनाको टोलीलाई समेत वस्तुस्थितिबारे तत्काल जानकारी गराउन निर्देशन दिएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी निरौलाले बस्तीमा आगो फैलिन नदिने पहिलो प्राथमिकता भएकोले त्यसतर्फ सबै पक्षसँगको सम्न्वयमा काम गर्ने बताउनुभयो ।

स्थानीय पालिका बन कार्यलय र सुरक्षा संयन्त्रसँगको समन्वयपछि आगलागीको बस्तुस्थितिबारे जानकारी आएपछि आगो नियन्त्रण र बस्ति जोगाउने कार्य गर्ने बताउनुभयो । मिर्मिरे अनलाइनसँग कुरा गर्दै सिडियो निरौलाले भन्नुभयो- आगलागीको अवस्था बुझेपछि स्थानीय स्रोत साधन र जनशक्ति समेतलाई परिचालन गरी नियन्त्रणको कार्य सुरु हुन्छ, हाम्रो मुख्य काम बस्ति जोगाउने हो । वन कार्यलयसँग समन्वय गर्दैछौं ।

स्थानीयलाई वनमा आगो नलगाउन पटकपटक आग्रह गर्दा पनि सम्भव नभएको भन्दै उहाँले स्थानीय पनि आगलागीको जिम्मेवार भएको बताउनुभयो ।

काभ्रेबाट खिचेको शैलुङ जङ्गलमा लागेको आगोको दृश्य ।

तस्बिर: चन्द्र मोक्तानको फेसबुकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी