बैशाख १५ गते ईलाम २ मा उपनिर्वाचन हुने भएपछि खुसी थिए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । उनी गृहमन्त्री पनि हुन् । पटक पटक ईलाम पुगेर, नाचेर उनले मिलन लिम्बुलाई जिताएर पठाउन आव्हान् गर्दै थिए । कसलाई उम्मेद्धार बनाउने भनेर सूची बनाउदै गर्दा माओवादी छाडेका मिलन लिम्बुलाई अन्तिममा लामिछानेले टिकट थमाएका थिए ।
सो पार्टीका मन्त्री नेता सबै ईलाम केन्द्रीत भएका थिए । यस्तो थियो माहौल कि सामाजिक सञ्जालमा प्रचार प्रसार हेर्दा घण्टीले ईलाममा बाजी मानेछ अब भन्ने बाहिर बसेकाहरुलाई आभाष हुन्थ्यो ।
तर परिणाम उल्टिने पक्का भएको छ । काँग्रेस छाडेर आउनासाथ तनहुँमा स्वर्णिम वाग्लेले जितेपछि रास्वपाले यो लहर ८४ सालमा हुने अर्को निर्वाचन सम्म रहने र पार्टी सबै भन्दा ठूलो र शक्तिशाली हुने विस्वास गरेको थियो ।
तर सूर्योदयको जिल्ला ईलामले रास्वपालाई नयाँ झड्का दिएको छ । ठूलो तामझामका बीच पनि रास्वपा उम्मेद्धार मिलन लिम्बु ठूलो मतान्तरले पराजित हुने छन् । उनी स्वतन्त्र पहिचानवादी उम्मेद्धार डकेन्द्र लिम्बु भन्दा निकै पछि रहेका छन् । उनले मत परिणाम अन्तिम चरणमा पुग्दा सम्म पाँच हजार मत पनि पार गराउन सकेका छैनन् ।
टेलिभिजन छाडेर पार्टी खोलेको चार महिनामै २० सिट जितेको रास्वपा अब नयाँको लहर चल्ने र ८४ सम्म पुराना पार्टीका सटर बन्द हुने भन्दै कसिएको थियो ।
रास्वपाको उभार कम कसरी भयो ?
साँच्चै मानिसहरुले नयाँ पार्टीले केही गर्छ भन्ने बुझाई बनाएका थिए । आशा गरेका थिए । तर पछिल्लो समय सत्ताको भागवण्डामा रास्वपा निरन्तर संलग्न हुनु, सभापति रवि लामिछाने नै दोहोरो नागरिकता, पासपोर्ट हुँदै सहकारी ठगी सम्म जोडिन पुगेपछि र मन्त्री भएका लामिछाने सहित अन्यले परिणाममुखी काम गर्न नसकेको देखिनुले उसको उभारमा धक्का पुगेको देखिन्छ ।
ईलामको निर्वाचनले अझै पनि पुराना दलहरुनै बलियो र शक्तिशाली बन्ने सन्देश दिएको छ ।
ईलाममा मतको रुझान हेर्दा एमालेका सुहागं नेम्वागं जितको नजिक पुगेका छन् । रास्वपाको घण्टी र स्वतन्त्र उम्मेद्धारहरुको ेहालत कमजोर हुने लगभग पक्का देखिएको छ ।
अब रास्वपाले मिसन ८४ मा अरुको सटर बन्न गराउने कि आफ्नै बलियो बनाउन लाग्ने हो ?