२०८१ बैशाख १ गते शनिवारको वैदिक राशिफल

२०८१ बैशाख १ गते शनिवारको वैदिक राशिफल

  • शनिबार, बैशाख १, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

आजमिति २०८१ साल वैशाख १ गते शनिवार तदअनुसार अप्रिल १३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको पञ्चमी तिथी मृगशिरा नक्षत्र, शोभन योग छ । चन्द्र राशि वृष । यो शुभ योग हो । सवैमा नयॉ वर्षको शुभकामना ।

अभिजित् मुहूर्त: बिहान ११:३९ देखि १२:३० सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:४२

• सुर्यास्त: बेलुका ०६:२७ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् ।

शुभ रगं : पहेलो

शुभ अंक : ३

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : सेतो

शुभ अंक : ७

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा सामान्य विवाद हुन सक्छ, सतर्क हुनुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : वैजनी

शुभ अंक : ६

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : चाँदी

शुभ अंक : ९

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : गुलावी

शुभ अंक : २

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : हरियो

शुभ अंक : ४

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : सेतो

शुभ अंक : २

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : रातो

शुभ अंक : १

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : सुन्तला

शुभ अंक : ७

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : कालो

शुभ अंक : २

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : निलो

शुभ अंक : ४

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं : पहेलो

शुभ अंक : ५

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी