धादिङका किसान रोपाइँमा व्यस्त

धादिङका किसान रोपाइँमा व्यस्त

  • बिहिबार, चैत्र २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

मलेखु (धादिङ), २२ चैत : धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् ।

चैतको सुरुआतमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नुपरेकाले केही ढिलो भएको नीलकण्ठ नगरपालिका–७ का किसान बलराम अधिकारीले बताउनुभयो ।

कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर दुई हजार दुई सय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लामा दश हजार मेट्रिक टन चैतधान उत्पादन हुँदै आएको वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले जानकारी दिनुभयो । उहाँले रोपाइँ भर्खर प्रारम्भ भएकाले चैतेधान कति किसानले रोपे भन्ने विवरण सङ्कलन भइनसकेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी