१८ चैत, काठमाडौं । नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ बाट सवारीसाधन चलाउन गरिएको परीक्षण सफल भएको छ ।
काठमाडौं विश्वविद्यालमा आइतबार हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरिएको नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापाले जानकारी दिए ।
यो नेपालका लागि ठूलो उपलव्धिका रुपमा हेरिएको छ ।
विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको छ ।
विदेशबाट ल्याइएको यस्तो कारमा नेपालमै उत्पादित हाइड्रोजनले कार गुड्न सफल भएसँगै अब यसलाई व्यावसायिक उत्पादनमा समेत लैजान सकिने सम्भावना बढेको छ ।
हाईड्रोजन डिेजेल पेट्रोलको विकल्पमा संसारै भरी सवारी साधनमा परीक्षण भईरहेको छ ।
७ किलो ग्रिन हाइड्रोजनले १५÷२० टन भार बोकेका ठूला सवारीसाधनले १ हजार २ सय किलोमिटरसम्म दुरी पार गरेको देखिएको छ ।
यसले नेपालजस्तो भूगोलमा समेत हाइड्रोजनको व्यावसायिक सम्भावना अधिक देखिएको विज्ञहरुले बताएका छन् ।