पशुपतिमा आफन्तको दाहासंस्कार गरेर फर्किदै गरेको एक परिवार, जो त्रिशुलीमा आफै बिलाए

पशुपतिमा आफन्तको दाहासंस्कार गरेर फर्किदै गरेको एक परिवार, जो त्रिशुलीमा आफै बिलाए

  • शनिबार, चैत्र १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान ७ बजे चितवनको मुग्लिन पुग्न लाग्दा त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा एकै परिवारका पाँच जनाको ज्यान गयो ।

बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खस्दा उनीहरुको ज्यान गयो । उनीहरु पशुपति आर्यघाटमा आफन्तको दाहासंस्कार गरेर फर्कदै थिए ।

ट्याक्सीमा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, १८ वर्षीय दिवस रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटी र सवार थिए। दिवस बाहेक सबैलाई मृत अवस्थामा निकालिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी श्रीराम भण्डारीका अनुसार मृतकहरू एउटै परिवारका हुन्।

गोरखा नगरपालिका–७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। उनी त्रिशूलीमा बेपत्ता भएका १८ वर्षीय दिवसका बाबु हुन्।

गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार शंकरको निधनपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरी उनका आफन्त घर फर्कंदै थिए। दुर्घटनामा परी मृत्यु भएका ७० वर्षीय जुनमाया रोकाया शंकरकी आमा हुन्।

छोराको निधन भएपछि काठमाडौं पुगेकी थिइन्। हरिमाया र अन्जना उनकी छोरी हुन्। ९ वर्षका आगमन हरिमायाका छोरा हुन्। वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सी चालक जुनमायाका ज्वाइँ हुन् ।

शुक्रबार शंकरको दाहसंस्कारका लागि परिवारका अन्य सदस्य र आफन्तहरू पनि काठमाडौं पुगेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी