नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि

नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि

  • शुक्रबार, चैत्र २, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

मध्यविन्दु (नवलपरासी), २ चैत : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हँुदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो । पाँच वर्ष अगाडि तीन सय ३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि आठ सय १८ हेक्टरमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।

परियोजनाले बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट–५, देवचुली–६, मध्यविन्दु ८ र १५ वडा गैँडाकोट गाउँपालिकाको १८ नम्बर वडासहित १७ वडामा सुन्तला जात फलफूलका लागि जोन कार्यक्रम सञ्चालन गरेको छ । सुन्तला जातमा प्रतिफल लिन समय लाग्ने भएकाले पाँच वर्षपछि उत्साहजनक प्रतिफल आउने कृषि उहाँले बताउनुभयो ।

“किसानलाई परियोजनाले उत्पादन वृद्धि, लागत न्यूनीकरण, मूल्य शृङ्खला अभिवृद्धिका क्षेत्रमा सहयोग गर्दै आएको छ”, उहाँले भयो, “जिल्लालाई बिरुवामा आत्मनिर्भर बनाएका छौँ यस वर्ष तीन वटा नर्सरीबाट ९० हजार बिरुवा उत्पादन हुन्छ ।” पहाडी क्षेत्रमा सुन्तला र कागतीको उत्पादन बढ्दा बाँझो जमिन हराभरा हुनुका साथै राजगारीको क्षेत्र बढेको बुलिङटार गाउँपालिकाका किसान खेम गेलाङले बताउनुभयो । उहाँले सुन्तला जातका बिरुवा उत्पादन गर्ने नर्सरी सञ्चालनमा ल्याउनुभएको छ । “राज्यका तर्फबाट किसानलाई दीर्घकालीन बाटो देखाउँदा उत्पादन बढाउन सकिने देखिन्छ”, उहाँले भन्नुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नौ सय ९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् ।

त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ कावासोती नगरपालिकाको ४, ९, १०, १२, १५, १६ र १७ वडा र मध्यविन्दु नगरपालिकाको १, २, ३, ६ र ९ सहित १६ वटा वडामा तरकारी जोन कार्यक्रम लागू भएको छ । आब २०७५÷०७६ मा सुन्तला जात र २०७६÷०७७ मा तरकारी जोन कार्यक्रम सुरु भएको हो ।

“पाँच सय १२ हेक्टरमा भएको तरकारी खेती परियोजना सुरु भएपछि सात सय ८० हेक्टरमा विस्तार भएको छ”, उहाँले भन्नुभयो, “सुन्तला जातमा भन्दा तरकारी जोनमा किसानले प्रतिफल लिन थालेका छन् ।” वार्षिकरुपमा छ समूहले रु एक करोडभन्दा माथि तरकारीको कारोबार गरेका छन् । आठ समूहले रु ५० लाखमाथि, आठ वटा समूहले रु २० लाखमाथि, आठ वटा समूहले रु १० लाखमाथिको कारोबार गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।

साथै परियोजनाले १६ कृषक समूहका सदस्यतर्फ १६ जना, पाँच वटा निजी फार्म र एक वटा समूहलाई उत्कृष्ट किसान घोषणा गरी पुरस्कृत गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा निजी फार्मतर्फ आरजु कृषि फार्म कावासोती–१७, रुद्रपुर कृषि तथा पशुपालन प्रालि, बौदीकाली–५, टीकारत्न टुल्की कृषि फार्म गैँडाकोट–१८, प्रेक्षा एग्रो फार्म बुलिङटार–३ र भुसाल कृषि फार्म बुलिङटार–४ रहेका छन् ।

समूह सदस्यतर्फ युकबहादुर सारु, प्रेमप्रकाश पोख्रेल, धमलाल सिंजाली, नरविर मश्राङ्गी, भुवनसिंह सोमै मगर, चन्द्रबहादुर बाचेमगर, नरसिंह सुनारी, पीताम्बर सारु, धनबहादुर थापा, दलबहादुर रानामगर, दानबहादुर गाहा, ओमबहादुर अस्लामी मगर, गुञ्जबहादुर चितौरे, मिलन सारुमगर, देवबहादुर राना र ओमबहादुर झेंडी छन् ।

उनीहरुलाई जनही रु तीन हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । समूहतर्फ मध्यविन्दु कागती फलफूल तरकारी उत्पादन कृषक समूह रानीटार पुरस्कृत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी