सरकार र दुग्ध किशानबीच सहमति, आन्दोलन फिर्ता

सरकार र दुग्ध किशानबीच सहमति, आन्दोलन फिर्ता

  • शनिबार, फाल्गुन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं । सरकार र आन्दोलनरत दुग्ध किसानबीच पाँच बुँदे सहमति भएको छ। दुग्ध किसानहरूको पुस मसान्तसम्मको भुक्तानी बक्यौता चैत २१ गतेभित्र गरिसक्नुपर्ने सहमति भएको हो।

शनिबार कृषि मन्त्री बेदुराम भुसालको उपस्थितिमा वार्ता टोलीले प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिड नहुनेगरी निरन्तर खरिद गर्ने सहमतिसमेत भएको हो।

त्यस्तै दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने र दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवर्द्धनसम्बन्धी विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमति भएको छ।

सहमति भएसँगै निर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। दुग्ध किसानहरूले बक्यौता रकमको माग गर्दै गत फागुन ८ गतेदेखि आन्दोलन गर्दै आएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी