कञ्चनपुर जिल्लामै पहिलो बेलौरी तोरीको तेल उद्योग संचालनमा

कञ्चनपुर जिल्लामै पहिलो बेलौरी तोरीको तेल उद्योग संचालनमा

  • सोमवार, माघ २२, २०८०
  • डम्मर दत्त भट्ट

  • 5.9K
    SHARES

कञ्चनपुर, माघ २२। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको छ । सीमावर्ती बेलौरी नगरपालिका ४ नम्बर वडामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको हो ।
बेलौरी तोरीको तेल ब्राण्डिङ्ग लेभलिङ्ग तथा प्याकेजिङ्ग उद्योगले सोमबारदेखि शुद्ध तोरीको तेल उत्पादन गरिरहेको छ ।
प्रशोधित सहित यो जिल्लामै पहिलो तोरीको तेल उत्पादन बिक्रि वितरण गर्ने उद्योग स्थापना भएको नगरपालिकाले जनाएको छ । बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरीले स्थानीय सरकार सहितको निजी क्षेत्रसगको संयुक्त साझेदारीमा तोरीको तेल उद्योग संचालनमा आएको बताए ।


मेयर चौधरीले झण्डै ३० लाख लागतमा तोरीको तेल उद्योग संचालनमा आएको बताए । मेयर चौधरीका अनुसार नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता सरक्षण केन्द्रको १० लाख र सम्झौता सहकारी संस्थाको ५लाख संयुक्त लागतमा उद्योग संचालनमा आएको बताए । ‘हामी बेलौरी नगरबासी सीमावर्ती क्षेत्रका हौँ, घरमै उत्पादन हुने तोरी बिक्रि गरेर भारतीय बजारमा अखाद्य तेल उपभोग गरिरहेका छौँ, ‘उनले भने, ‘अखाद्य तेलबाट एकातिर मानव स्वास्थ्यमा असर अर्कातिर हाम्रो पैशा भारतीय बजारमा बेकारमा खेर गरिरहेको छ ।’
उद्योग स्थापनाका लागि बेलौरी नगरपालिकाले आर्थिक बर्ष ०७९÷०८०को नीति, कार्यक्रम मार्फत ८०प्रतिशत लगानीमा उद्योग संचालन गरेको बताए । ‘यो उद्योग किसानबाट कच्चा पदार्थ खरिद गर्ने, त्यो कच्चा पदार्थको प्रशोधन सहितको बजारमा शुद्ध तोरीको तेल बिक्रि वितरण गर्ने हो, ‘मेयर चौधरीले भने, ‘हामीले पनि स्थानीय स्तरमा रहेका बस्तु तथा सेवाको उपभोग गरेर जनतालाई स्वच्छ खानेतेल पु¥याउने हो ।’ बेलौरी सहित आसपासका बेलडाँडी, लालझाडी र पुनर्वासमा तोरी उत्पादनको राम्रो सम्भवना रहेकोले त्यसको उचित खपत सदुपयोग गर्दै किसान र उपभोक्तालाई लाभान्वित गराउने योजना रहेको मेयर चौधरीले बताए । ‘स्थानीय स्तरमा उत्पादन भएको तोरीको उपभोगदेखि उत्पादित तेलको प्रशोधन सहित बजारमा उपभोक्ताका लागि शुद्ध तोरीको तेल बिक्रि वितरण नगरपालिकाको लक्ष्य हो, ‘मेयर चौधरीले भने, ‘यसबाट एकातिर रोजगारी अर्कातिर नागरिकको स्वास्थ्य सुधार हुनेछ ।’ उद्योग सचालनमा आएपछि किसानले समेत तोरी बेच्नका लागि समस्या नहुने र उपभोक्तालाई समेत शुद्ध तोरीको तेल उपभोगका लागि सहज हुनेछ ।


मेयर चौधरीले कच्चा पदार्थको अभाव हुन नदिन किसानलाई नगरपालिका मार्फत तोरी उत्पादनका लागि प्रर्बद्धनात्मक कार्यक्रम गर्ने बताए । किसानलाई बिउबिजनदेखि अनुदानका कार्यक्रम संचालन गरेर तोरी उत्पादनका लागि सम्झौता सहकारीका लेखा संयोजक मनराज उपाध्यायले दक्षिणी क्षेत्रमा तोरीको राम्रो सम्भावना भएको सहकारीले स्थानीय सरकार सहितका सरकारी निकायसंग समन्वयमा उद्योग संचालनमा ल्याएको बताए । सहकारीले अब उद्योग संचालक समिति छुट्टै बनाएर अघि बढ्ने बताए । उनका अनुसार दैनिक ५सय लिटर तेल उत्पादन गर्ने क्षमताको मेसिन रहेको बताए । भारतीय बजारबाट मानव स्वाथ्यका लागि हानिकारक भएको तेल उपभोग गर्न बाध्य भएका उपभोक्तालाई र किसानलाई समेत सुविधा हुने उनले बताए । नगरपालिकामै शुद्ध तोरीको तेल उत्पादन भएपछि किसान समेत हर्षित भएका छन । स्थानीय किसान मिना चौधरीले उद्योग संचालनमा आएसंगै किसानलाई तोरी बिक्रि वितरणमा सुविधा हुने बताए । उनले एकातिर किसानलाई तोरी बेच्नेदेखि शुद्ध तोल उपभोगका लागि सहज हुने बताए । ‘यस अघि हामीलाई तोरी बिक्रिका लागि बजार खोज्नुपर्ने बाध्यता थियो, शुद्ध तोरीको तेल पाउन पाउनै समस्या थियो, ‘उनले भनिन, ‘अहिले किसानलाई तोरी बेच्नेदेखि शुद्ध तोरीको तेल उपभोग गर्न सहजता हुनेछ । ’ स्थानीय सरकार सहकारी क्षेत्रको सयुक्त लगानीबाट संचालना आएको उक्त उद्योगलाई निरन्तरता दिनुपर्नेमा स्थानीय एव सहकारीकर्मीले जोडदिएका छन ।


कञ्चनपुरका बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिह भाटले उद्योग संचालनमा आएसंगै किसान र आम उपभोक्ताविच सम्बन्ध विस्तारदेखि स्वदेशी बस्तु तथा सेवा उत्पादन, बजारीकरणदेखि प्रर्बद्धन हुने बताए । ‘यो उद्योग संचालनमा आएसंगै किसान र उपभोक्तालाई सिधै लाभ हुनेछ, ‘उनले भने, ‘उद्योगलाई निरन्तरता दिदै बजार प्रर्बद्धनमा जोड दिनुपर्छ ।’ बेलौरीमा शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग संचालनमा आएपछि किसान र उपभोक्ता समेत हर्षित भएका छन । बषौँपछि शुद्ध तोरीको तेल उपभोग गर्न पाउने भन्दै उपभोक्ता हर्षित भएका हुन । सोमबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले उद्योगको उद्घाटन अनुमगन गर्दै स्थानीय तहले स्थानीय बस्तु तथा सेवाको उत्पादन, उपभोग एव प्रर्बद्धनमा जोडदिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी