बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा ३ सदस्यीय समिति गठन

बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा ३ सदस्यीय समिति गठन

  • शुक्रबार, पुस १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

पुस १३, काठमाडौँ । गृह मन्त्रालयले बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे अध्ययन गर्न डीआइजी लाममणि आचार्यको संयोजकत्वमा समिति गठन गरिएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहार कमल गिरीले बताए । गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।

गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा इपिएस परीक्षा फारम भर्ने विषयलाई लिएर त्यहाँ जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी, आर्थिक, भौतिक, एवं मानवीय क्षतिप्रति गृहमन्त्रालयले दुःख व्यक्त गरेको छ ।

कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले शुक्रबार बिहान सातदोबाटो क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो । त्यसपछि आक्रोशित युवाहरुले ललितपुरको चक्रपथ क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएको थियो । त्यस क्रममा घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भइसकेको छ । अन्य केही घाइते छन् भने । चार दर्जनभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी