सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स० जडान कार्य अघि नबढाउन निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले टेरामक्स खरिद प्रक्रिया र यसको औचित्यका विषयमा प्रश्न उठाउँदै प्रक्रियामा नै रोक लगाएको हो । समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ ।
टेरामक्स प्रविधि खरिद प्रक्रियामा अध्ययन, प्रस्ताव र निर्णय गरेको नदेखिएको तथा राजस्व बढ्ने कुनै आधार नभएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।
त्यस्तै समितिले यो प्रणाली कार्यान्वयनका लागि कुनै कानुनी आधार नभएको र आवश्यकता स्पष्ट नभएको औंल्याएको छ । टेरामोक्स उपकरण खरिदमा अत्यधिक मूल्य निर्धारण भएको समितिको निष्कर्ष छ।
हरेक ३० दिनमा प्रगति विवरण बुझाउन र अधिकारको दुरुपयोग भएको देखिएमा सम्बन्धितलाई कानुन बमोजिम अभियोजन प्रक्रियामा लैजान अख्तियारलाई निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।