उखुको मुल्यवृद्धि माग गर्दै किशान सडकमा

उखुको मुल्यवृद्धि माग गर्दै किशान सडकमा

  • सोमवार, पुस २, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

उखुको मूल्य वृद्धिसहितका विभिन्न माग राखेर चरणवद्ध सडक संघर्ष गर्दै आएका सर्लाहीका किसानले सोमबार सडकमै सुतेर सरकारको विरोध गरेका छन्।

सोमबार दिउँसो इन्दु शंकर चिनी उद्योग नजिकै हरिवनस्थित पूर्वपश्चिम राजमार्गमा सुतेर किसानले उद्योगी र सरकारविरुद्ध नाराबाजी गरेका हुन्।

चिनीको बिक्री मूल्य र उखुको उत्पादन लागतको आधारमा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गरिनुपर्ने, गत वर्ष बेचेको उखुको सरकारले दिन बाँकी अनुदान बापतको रकम तुरुन्त भुक्तानी दिनुपर्नेसहितका माग राखेर सर्लाहीका किसान दुई सातादेखि आन्दोलनमा छन्।

गएको शुक्रबार हरिवनमा वृहत प्रदर्शन गरेका उखु किसानले आइतबार हरिवनमा प्रतिकात्मक रुपमा कृषिमन्त्री र अर्थमन्त्रीको कुर्सी जलाएर विरोध गरेका थिए।

किसानले पूर्वपश्चिम राजमार्गमा सुतेर सरकार र उद्योगीलाई खबरदारी गरेका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी