कृषि पाठ्यक्रम परिमार्जन सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न, यसै शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रम लागु गर्ने एएफयुको तयारी

कृषि पाठ्यक्रम परिमार्जन सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न, यसै शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रम लागु गर्ने एएफयुको तयारी

  • आइतवार, मंसिर २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डाैँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरकाे आयाेजनामा पाठ्यक्रम सम्बन्धि परिमार्जनकाे दुई दिने कार्यशाला काठमाण्डाैँमा सम्पन्न भएकाे छ । कृषि संकाय अन्तर्गत सञ्चालित B.Sc-Ag (स्नातक) कार्यक्रमकाे पाठ्यक्रम प्रमाणीकरण कार्यशाला ( Validtion Workshop) USAID, UGC, NARC, FOA, DOA, ICEMOD लगायतका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरुकाे सहभागिता थियो ।

स्नातकको पाठ्यक्रम प्रमाणीकरण कार्यशालामा सहभागि वक्ताहरुले सैद्धान्तिक भन्दा पनि व्यावहारिक(प्राक्टिकल) बढी बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । कृषिलाई प्रविधिसँग जोड्नु पर्ने र माटो र मौसम अनुसारका बालीको बारेमा व्यावहारिक ज्ञान बिद्यार्थीलाई दिने गरि पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताए  । साथै पाठ्यक्रम परिमार्जसँगै अध्यापन गराउने प्रोफेसरहरु पनि अपग्रेट हुन जरुरी रहेको बताएका थिए । पाठ्यक्रम मात्रै परिमार्जन हुँदै जाने तर त्यो परिमार्जित पाठ्यक्रम अध्यापन गराउने दक्ष जनशक्तिको नै अभाव भएमा बिद्यार्थीले सहि ज्ञान हासिल गर्न कठिनाई भोग्नुपर्ने उनीहरुको भनाई थियो ।

कार्यशालामा फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीन बहादुर तामाङ्गले विद्यार्थीहरुले सरकारी जागिर मात्र नभई एउटा सफल उद्यमी बन्न सक्नु पर्नेमा जाेड दिनु भयाे ।

त्यस्तै कार्यक्रममा कृषि र पशुपालन क्षेत्रका परमपरागत ज्ञान सिपलाई समेट्ने गरि वैदिक कृषि पद्वती सम्बन्धी कृषि बारे कृषि तथा पशुपंछी मन्त्रालयका सहसिचव वासुदेव काफ्लेले आफ्नाे धारणा कार्यक्रममा राख्नु भएकाे थियाे ।
कार्यशालामा उपस्थित विज्ञहरूले सुरूबाटनै पाठ्यक्रममानै समस्या भयकाे बताउदै आगमी दिनमा यस्ताे समस्या समाधान गर्न कार्यशाला गाेष्ठी मार्फत बिज्ञ तथा विद्यार्थी स्वयमसँग राय सुझाब संकलन गर्नु पर्ने बताए ।
पछिल्लो समय कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा एएफयुले यसै शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ सुरु गर्ने उदेश्यले पाठ्यक्रम परिमार्जनको तयारि गरेको हो ।

कार्यशालाको अध्यक्षता गरेका विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले सैद्धान्तिक पढाईको तुलनामा प्रयोगात्मक कक्षा बढ्ने गरी नयाँ पाठ्यक्रम लागू गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । पाठ्यक्रम पुरानो भएकाले संशोधन गरेर यसै शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

एएफयुले प्रयोगात्मक कक्षा बढ्ने गरी नयाँ पाठ्यक्रम लागू गर्न लागेको छ । हालसम्म प्रयोगात्मक ३७ प्रतिशत र लिखित ६३ प्रतिशत रहेकामा प्रयोगात्मकलाई ४५ प्रतिशत पुर्याउने गरी पाठ्यक्रम लागू गर्न लागिएको छ ।

हाल सात विश्वविद्यालयका ३५ वटा क्याम्पसले कृषि स्नातक पढाउँदै आएका छन् । तीमध्ये १६ वटा क्याम्पस कृषि विश्वविद्यालयका हुन् भने अन्य क्याम्पस अरु विश्वविद्यालयको भएको उहाँले जानकारी दिनुभयो । कृषि सङ्कायले यस वर्ष ५० प्रतिशतभन्दा कम विद्यार्थी भर्ना भएमा नजिकको आङ्गिक क्याम्पसमा विद्यार्थी सारेर एकै ठाउँमा पढाउनुपर्ने नीतिगत निर्णय गरेको छ ।

एएफयुमा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै, पाठ्यक्रम परिमार्जन गर्ने तयारी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी