एनसेल प्रकरणमा छानविनका लागि सरकारद्धारा टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन

एनसेल प्रकरणमा छानविनका लागि सरकारद्धारा टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन

  • बिहिबार, मंसिर २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो।

समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम सदस्य छन् । अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य पनि सदस्य छन्। उनी राजस्व महाशाखा प्रमुख पनि हुन्।

सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान) का अध्यक्ष सुजनकुमार काफ्ले पनि सदस्य छन्। समितिलाई एक महिनाभित्र प्रतिवेदन दिनेगरी कार्यादेश दिइएको छ।

मलेसियाली कम्पनी आजियटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बेलायतमा दर्ता रहेको एक कम्पनीलाई न्यून मूल्यमा बिक्री गरेपछि यस प्रकरण संसदीय समितिहरूले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए ।

एक्जियाटाले ६ अर्बमा बेलायती कम्पनीलाई बेचेको भने पनि ६६ अर्बमा कारोबार भएको पुष्टी भएपछि एनसेल विवादले उग्ररुप लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी