माओवादीले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार स्वयंसेवक परिचालन गर्ने

माओवादीले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार स्वयंसेवक परिचालन गर्ने

  • आइतवार, मंसिर ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

सुर्खेत । भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले तीन हजार एक सय भोलेन्टियर खटाउने भएको छ ।

शनिबार बसेको कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो । यसअघिको बैठकले २१ सयसम्म खटाउने निर्णय गरे पनि शनिबारको बैठकले त्यसलाई परिमार्जन गरेको हो ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्नेछन् ।

केसीका अनुसार उक्त सङ्ख्या प्रदेशभित्रको मात्रै हो । प्रत्येक जिल्लाहरुबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी