प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफै चढेको सेनाको हेलिकप्टरमा जाजरकोट भूकम्पका सात घाईते लिएर सुर्खेत पुर्याएका छन् । जाजरकोटको प्रभावित क्षेत्रको अवलोकन र अस्पतालमा घाईतेको अवस्था बुझेपछि उनी चढेको हेलिकप्टरमै राखेर सात जना घाईतेलाई सुर्खेत पुर्याईएको छ ।
प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइते र उनीहरुका ७ जना आफन्तलाई सुर्खेत पुर्याएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम र जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका छन्।
जाजरकोट केन्द्रबिन्दु बनाएर गाएराति गएको ६. ४ रेक्टरस्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमा ठूलो जनधनको क्षति गरेको छ। मृत्यु हुनेको संख्या नै १५० भन्दा बढी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline