तेस्रो दलको त्यसमा पनि अत्यन्त थोरै सिट जम्मा ३२ वटा सिट भएर पनि देश हाँकी रहेका छन् प्रधानमन्त्री प्रचण्ड । ८८ सिटको काँग्रेस र ७९ सिटको एमाले सत्ता पक्ष र प्रतिपक्षमा छ । हो , ३२ सिटेले देश हाँक्ने भन्दै अन्य कतिपय नेता जंगिने गरेका छन् ।
हुन पनि पुष १० , २०७९ मा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले माघमै एमालेलाई प्रतिपक्षमा धकेल्दै फेरी काँगेसको साथ पाएका थिए र अहिले पनि पाईरहेका छन् ।
एमाले अध्यक्ष ओलीले त्यो बदला लिन पटक पटक प्रयास गर्दै सरकारमाथि आक्रमण गर्दै आएका छन् । उनले खास गरी काँग्रेसको शेखर कोईराला समुहलाई बढी प्रयोग गरेका छन् ।
यो प्रयास कोशी प्रदेशमा सफल भएको थियो केही समयका लागि । खास गरी प्रचण्ड र देउवा सहमत भएर माओवादीका ईन्द्र बहादुर आग्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि त्यस बिरुद्ध बिराटनगर निवासी काँग्रेस नेता शेखर कोईरालाले केदार कार्की सहित ८ सांसदलाई गठबन्धन बिरुद्ध उभ्याएर र एमालेको साथ लिए ।
असोज २७ मा गठबन्धनको निर्णयलाई चुनौती दिएर कार्की मुख्यमन्त्री बनेपछि उनको दल कांग्रेसहितका गठबन्धनका दलहरूले उनलाई मुख्यमन्त्री स्वीकार्दै विश्वासको मत दिने बताएका थिए।
यसपटक प्रदेशमा पनि कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई एमालेले मुख्यमन्त्री बन्न काँध हालेको थियो। असोज २७ मा गठबन्धनको निर्णयलाई चुनौती दिएर कार्की मुख्यमन्त्री बनेपछि उनको दल कांग्रेसहितका गठबन्धनका दलहरूले उनलाई मुख्यमन्त्री स्वीकार्दै विश्वासको मत दिने बताएका थिए।
१७ दिनपछि शुक्रबार मुख्यमन्त्री कार्कीले गठबन्धन दलका दुई जनालाई मन्त्रिपरिषदमा सामेल गराएका छन् एमालेको सहमति बेगरै।
मुख्यमन्त्री कार्कीले एमालेको सो अडान र आग्रहविपरीत माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्रिमण्डलमा सहभागी गराएका छन्। आफ्नो सहमति बेगरै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउने मुख्यमन्त्रीको कदमपछि रिसाएको एमाले फेरी प्रतिपक्षमा जाने खतरा पैदा भएको छ ।
एमाले नेताहरूले बारम्बार अन्य दल सामेल सरकारमा नबस्ने भन्दै आएका बेला अब एमालेले कस्तो निर्णय गर्ला भन्ने चासो उत्पन्न भएको छ। तर, गठबन्धन दलहरूभित्रको असन्तोषमा खेलेर प्रदेशको सत्ता राजनीतिलाई उलटफेर तुल्याएको महिना दिनमै एमाले भने किनारामा धकेलिने अवस्था आएको छ।
मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बनाउने प्रयास अनुसार गठबन्धनबाट मन्त्री बनाइएको बताएका छन्।
सार्वजनिक रूपमा जे भने पनि गठबन्धन दलहरूको साथ पाए अब सरकार नढल्ने, विश्वासको मत पाइसकेका कारण अन्य समस्या नआउने निश्चित भएपछि मुख्यमन्त्री कार्कीले यस्तो कदम चालेका हुन्।
असोज २० मा विश्वासको मत पाउने अवस्था नहुने भएपछि एमाले नेता हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि गठबन्धन दलहरूले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेका थिए।
कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य आड दिने कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको बालुवाटार सहमति प्रदेशमा कार्यान्वयन हुने अवस्था अब सिर्जना भएको छ। मध्यराति प्रचण्डको पहलमा भएको छलफल र सानो कागजमा हस्तलिखित रुपमा प्रचण्ड, देउवा र शेखर कोईरालाले गरेको सहमतिले बिराटनगरमा कार्यन्वयन थालेको देखिन्छ ।
उक्त सहमतिमा तीन नेताले गठबन्धनलाई बलियो पार्ने भनेका थिए। कोशीमा देखिएको पछिल्लो कदमले प्रचण्डको चलाखी र शेखरको ईमान्दारीताले काम गरेको गठबन्धनका नेताहरुको जिकिर छ ।