नेपाल र कोरीयाबीच कृषि विकास सम्बन्धि सम्झौता

नेपाल र कोरीयाबीच कृषि विकास सम्बन्धि सम्झौता

  • शुक्रबार, कार्तिक १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौँ । नेपाल र दक्षिण कोरियाबीच कृषिमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपक्षी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनबीच उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा सम्झौता भएको हो ।

समझदारी पत्रमा कृषि तथा पशुपक्षी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा दुई देशबीचको सहयोग र सहकार्य गर्न सकिने उल्लेख छ । सम्झौता भएसँगै नेपाल कृषि अनुसन्धान परिषद् र कोरियाको कृषि अनुसन्धान परिषद्बीचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्य अगाडि बढाइने छ । दुई देशका कृषि विश्वविद्यालयको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका काम हुनेछन् ।

सम्झौतामा दुई देशबीचको सहयोग र सहकार्यमा कृषि तथा पशुपक्षी विकासको क्षेत्रमा विशेष गरी संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यवसाय लगायतका क्षेत्रमा कार्य गर्ने, कृषि पूर्वाधारको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संशोधन, युवा कृषक तथा निजी क्षेत्रमा कृषि उद्यमीको क्षमता अभिवृद्धि गर्ने विषय उल्लेख छन् ।

नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकको लागि सिक्ने र कमाउने अवसरको लागि कोरिया राम्रो गन्तव्य हुन सक्नेछ । नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

सो अवसरमा मन्त्री भुसालले सन् १९७४ मे १४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र गणतन्त्र कोरियाबीच सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध सद्भाव, मित्रता र आपसी सहयोगमा आधारित सम्बन्धलाई भविष्यमा थप प्रगाढ बनाइने बताए । उनले गणतन्त्र कोरिया सरकारबाट नेपाललाई भएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री चुङ्ग व्हाङ्गक्वुनको नेपाल बसाई सुखद् होस् भनी कामना गरे ।

कोरियाका मन्त्री चुङ्ग व्हाङ्गक्वुनले कोरिया सरकारले कृषि क्षेत्रको प्रविधि विकास र अनुसन्धानमा निकै प्रगति गरेको बताउँदै त्यसको अनुभव आदानप्रदान र कृषि क्षेत्रमा थप सहयोग र सहकार्यका लागि कोरिया सरकार प्रतिबद्ध रहेको जानकारी गराए । उनले उक्त सम्झौताले दुई देशको कृषि क्षेत्रको विकासमा सहकार्य र समन्वयमा थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी