प्रहरीले गरायो पहिलो पटक माछा किसान र बिक्रेताविच छलफल: स्वदेशमै माछा बिक्रिमा जोड

प्रहरीले गरायो पहिलो पटक माछा किसान र बिक्रेताविच छलफल: स्वदेशमै माछा बिक्रिमा जोड

  • आइतवार, कार्तिक १२, २०८०
  • डम्मर दत्त भट्ट

  • 4.8K
    SHARES

कञ्चनपुर, १२ कार्तिक।
कञ्चनपुरमा रहेका माछा उत्पादक किसान, व्यवसायी र उपभोक्ताविच छलफल गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले माछा उत्पादक किसान, व्यवसायी र उपभोक्ताविच छलफल गराएको हो । सम्भवत कञ्चनपुर प्रहरीले पहिलो पटक यसरी माछा उत्पादक किसान, व्यवसायी र उपभोक्ताविच छलफल गरीएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले पछिल्ला दिनहरुमा माछा उत्पादक किसानले भारतबाट गैर कानुनी रुपमा माछा नेपाल भित्रने थालेको विषयमा गुनासो गरेपछि दुवै पक्षलाई संयुक्त रुपमा राखेर छलफल गराएको बताए ।
‘हामीकहाँ माछा उत्पादक किसानले गुनासो ल्याएपछि हामीले सरोकारवाला सहित दुवै पक्षलाई प्रत्यक्ष राखेर छलफल गराएका छौँ, ‘एसपी थापाले भने, ‘यो छलफलबाट दुवै पक्षले उत्पादन गरेको स्वदेश माछा आपूर्तिदेखि बिक्रि वितरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।’
मानव स्वास्थ्यलाई हानिकारक हुने फर्मालिनयुक्त रसायन प्रयोग भएर भारतबाट चोरी तस्करीका माछा नेपालमा भित्रिन थालेपछि स्वदेशी माछा उत्पादक किसान मारमा पर्दै आएका थिए । स्थानीय माछा उत्पादक किसानले भारतबाट आउने चोरी तस्करीका माछाका कारण नेपाली माछाले बजार नपाएको गुनासो पोखेका छन । लाखौँ रुपैया बैंकबाट ऋणलिएर लगानी गर्दै आएको र अहिले आएर भारतबाट माछा भित्रिएपछि बिक्रि नभएर मारमा पर्दै आएको गुनासो पोखेका हुन ।


बेदकोट नगरपालिका ६ सिसैयाका माछा उत्पादक किसान हरिराम चौधरीले भारतीय माछाले आफुहरु मारमा परेको बताए । ‘हामीले यहाँ मरिमेटी माछा उत्पादन गछौँ, ‘उनले भने, ‘माछा बिक्रिकै समयमा भारतबाट सस्तोमा आउने माछाले बजार लिएपछि हामीमा सस्तोमै बिक्रि गर्नुपर्ने बाध्यता हुन्छ ।’ शुक्लाफाँटा नगरपालिका ९झलारीका माछा उत्पादक किसान ललित बहादुर सिहले भारतबाट क्वारेन्टाईनबिनै माछा नेपाल भित्रिने गरेको बताए । ‘उता भारतबाट बिना चेकजाँच माछा भित्रिन्छन, ‘उनले भने, ‘कानुन अनुरुप आएका मात्राको समेत भन्सार परिमाण भन्दा कमै काट्छन ।’५ क्विन्टल माछा ल्याए, ५० किलोको मात्रै भन्सार काट्ने प्रवृतिले एकातिर राजस्व छली अर्कातिर मानव स्वास्थ्यमा खेलवार्ड भईरहेको छ ।
भीमदत्त नगरपालिका १५ गोबरैयाका माछा उत्पादक किसान नरेन्द्र भट्टले बजारमा फर्मायुक्त रसायन राखिएको माछाले नेपाली किसान मारमा परेको बताए । ‘क्वारेन्टाईन बिनै क्विन्टलका क्विटल माछा भित्रिदैछन, ‘उनले भने, ‘पुरानै बिलमा दोहो¥याई, तेहो¥याएर माछा ल्याईरहेका छन ।’
भीमदत्त नगरपालिका २ उल्टाखामका माछा उत्पादक किसान सुमन बोगटीले एकै क्वारेन्टाईन रिर्पोटले लामो समयसम्म माछा भित्र्राउने प्रवृतिले किसान मारमा परेको बताए । भीमदत्त नगरपालिका १६ मझगाँउका माछा उत्पादक किसान सुरेन्द्र विष्टले माछा उत्पादक किसानले बिक्रेतालाई सहजै माछा उपलब्ध गराउनुपर्नेमा जोडदिए ।
माछा बिक्रेता व्यवसायीले भारतबाट आउने माछा सहज पाईने भएकाले अब स्वदेशमै उत्पादन भएको माछा उपलब्ध भए सहजै बिक्रि गर्ने बताएका छन ।
महेन्द्रनगरका माछा बिक्रेता टीका बहादुर थापाक्षेत्रीले बाध्यता भएर भारतबाट आउने माछा बिक्रि वितरण गरेको बताए । ‘हामीलाई स्वदेश किसानले सहजै माछा उपलब्ध गराए हामी यहाँकै माछा बिक्रि गछौँ, ‘उनले भने, ‘यहाँ मागेको समयमा माछा पाईदैन, बाध्य भएर भारतबाट माछा ल्याउँदै आएका छौँ ।’


सुकासालमा माछा बिक्रि गर्दै आएकी व्यवसायी मञ्जु औजीले स्वदेशी माछा उत्पादक किसानले समयमै माछा उपलब्ध गराए स्वदेशी माछा नै बेच्ने बताईन ।
पशु क्वारेन्टाईन गड्डाचौकीका प्रमुख देवदत्त विष्टले क्वारेन्टाईन बिनै गड्डाचौकी नाका भएर नेपालमा माछा नभित्रिएको बताए । ‘हामीले भारतबाट आउने बैद्य माछाको पनि फर्मालिन चेकजाँच गरेर मात्रै छाड्र्छौँ, ‘उनले भने, ‘यो नाकाबाट बैद्य रुपमा माछा ल्याउनै उस्तैपनि सकस छ, आएपनि हामी चेकजाँच गछौँ ।’ खुला सीमाबाट चोरी तस्करी हुने माछा सुरक्षा निकायसंगको समन्वयमा बरामद गरेर नष्ट गर्दै आएको उनले बताए । उपभोक्ताले स्वच्छ ताजा कानुन अनुरुप माछा बिक्रि वितरणमा जोडदिएका छन ।
उपभोक्ता हित सरक्षण मञ्च सुप प्रदेशका उपाध्यक्ष प्रभुनिधी पन्तले उपभोक्ताको हितलाई मध्यनजर गर्दै उत्पादक र बिक्रेताले स्वच्छ, ताजा माछा उपलब्ध गराउनुपर्नेमा जोडदिए । अर्का उपभोक्ता भगवती थापाले दुवै पक्षबाट उपभोक्तालाई स्वच्छ ताजा माछा उपलब्ध गराउनुपर्नेमा जोडदिदै पैशा भन्दा मानव स्वास्थ्यलाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताईन । कञ्चनपुर प्रहरीले चोरी तस्करीका माछा आयातमा कडाई गर्दै नियन्त्रण गरिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी