ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित

  • शनिबार, कार्तिक ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

ढोरपाटन (बागलुङ), ११ कात्तिक : फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् ।

सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुने भन्दै यहाँका स्थानीय किसान चिन्तित भएका छन् । किसानले लगाएको कागतीमा ढुसी र गवारो रोग लाग्दा बोट मर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले बताउनुभयो ।

गवारो रोगले कागतीका बोटको टुप्पो सुक्दै जाने र बोटनै मर्ने गरेको पुन मगरको भनाइ छ । किसानले तत्काल सुक्न थालेका हाँगालाई समयमै काटेर फाले बोट मर्नबाट जोगिने उहाँले बताउनुभयो । प्रायः कागतीमा लाग्ने यो रोग समय–समयमा देखा पर्ने हुँदा किसानले प्राविधिक परामर्श लिएर यसको रोकथाम गर्न सकिने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, “ढुसी र काण्डको गवारो रोग लाग्दा कागतीका हाँगा मर्ने गर्दछ, यसको रोकथामका लागि किसानहरु पनि सजक हुनुपर्छ । सुक्न थालेका हाँगा बेलामै काट्नुपर्ने हुन्छ । यो समस्या अहिले जिल्लाको निसीखोला र यसको आसपासका ठाउँमा देखिएको छ ।”

निसीखोला गाउँपालिकाका नरबहादुर बुढा मगरले बगैँचामा लगाएको ६० बोटमध्ये ३४ बोट मर्न थालेको बताउनुभयो । टिप्ने बेलाको कागतीका दाना खस्नुका साथै बोटनै मरेको बुढा मगरले बताउनुभयो । अघिल्लो वर्ष लगाएका विरुवा समेत मर्न थालेको उहाँको भनाइ छ । दुई वर्षदेखि व्यावसायिक रुपमा कागती खेती सुरु गरेको बताउने उहाँले आफ्नो करिब तीन लाखको क्षति हुने बताउनुहुन्छ ।

“बारीमा छ÷सात वर्ष पहिले लगाएका कागतीका रुख थिए । सुरुमा ती रुखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो,” उहाँले भन्नुभयो, “यसरी बोटनै मर्दै गए भने त मेरो लाखौँको लगानी डुब्छ, कसरी सुरक्षा दिने होला ?”

स्थानीय पूर्णबहादुर क्षेत्रीले ९० बोटमध्ये ७० भन्दा बढी बोटमा रोग देखिएको बताउनुभयो । आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उहाँ बताउनुहुन्छ । अघिल्लो वर्ष भने कुनै समस्या नदिएको उहाँको भनाइ छ ।

बागलुङ जिल्लामा हाल ४५ हेक्टर क्षेत्रफलमा कागती खेती छ । पछिल्लो समय कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार हाल जिल्लामा २२ हेक्टर जमिनबाट कागती उत्पादन भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी