किसानहरूका लागि एक दिने खाद्य स्वच्छता तालिम प्रदान

किसानहरूका लागि एक दिने खाद्य स्वच्छता तालिम प्रदान

  • आइतवार, अशोज २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

असोज २१ काठमाण्डौँ । काठमाण्डौँमा बागमती प्रदेश भित्रका कृषकहरुलाई एक दिने खाद्य स्वच्छता सम्बन्धि तालिम प्रदान गरिएको छ । फिड द फ्युचर ईन्नोभेसन ल्याब फर फुड सेफ्टीको नेपाल शाखाको आयोजनामा राजधानीको होटल प्यागोडामा प्रदेशका  विभिन्न स्थानीय तहबाट आएका कृषकहरुलाई तालिम प्रदान गरिएको हो ।

चितवन स्थित कृषि विश्व विज्ञान विद्यालयका डोरेक्स निर्देशक डा. रिषिराम कट्टेलको अध्यक्षतामा भएको तालिम कार्यक्रममा विभिन्न विज्ञहरुले खाद्य स्वच्छता सम्बन्धि पाँच वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।

डोरेक्स निर्देशक कट्टेलले कार्यक्रमलाई संवोधन गर्दै लामो समय जिउनका लागि खाद्य स्वच्छता र सुरक्षा महत्वपूर्ण रहेको भन्दै हाम्रा उत्पादनहरु गुणस्तरीय छन् छैनन् भनेर अनुसन्धान गरिरहेको र खाद्य स्वच्छतामा सबैले ध्यान दिनु पर्ने आग्रह गरे ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा उपस्थित कृषि तथा विन विज्ञान विश्व विद्यालय सेवा आयोगका सदस्य प्रोफेसर डा. पुष्कर बहादुर पाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन डा. अर्जुन कुमार श्रेष्ठ , टिनेसे स्टेट युनिभर्सिटीका प्रोफेसर डा. एजनेस किलोन्जो एनथेन्गेले खाद्य स्वच्छताको आवस्यकता , महत्वका विषयमा प्रकाश पारेका थिए ।

यसै गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयका सह प्राध्यापक रामहरी तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्दै तालिम कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

तालिममा खाद्य सुरक्षाको अवधारणा तथा खाद्यजन्य रोग एवं ताजा उत्पादनमा सुक्ष्मजीव र तिनीहरुको संभावित जोखिमका बिषयमा सहभागीहरुलाई कृषि तथा वन विज्ञान विश्व विद्यालय सेवा आयोगका सदस्य प्रोफेसर डाक्टर पुस्कर बहादुर पालले सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।

यसै गरी कृषि अनुसन्धान परिषद्की वैज्ञानिक डा. सावित्रा अधिकारीले पशुधन प्रदुषण जोखिम, फसल भित्र्याउदा र भण्डारण गर्दा खाद्य स्वच्छतालाई कसरी ध्यान दिने भन्ने बारेमा स्पष्ट पारेकी थिईन् ।

यसै गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले नेपालमा फुड सेफ्टीको वर्तमान अवस्थाको बारेमा ब्याख्या गरेका थिए ।

यस्तै ताजा उत्पादनमा रसायनको संभावित जोखिमहरुका बारेमा प्लान्ट क्वारेन्टाईन एवं कीटनाशक व्यवस्थापन केन्द्रका प्लान्ट प्रोटेक्सन अधिकृत देवराज अधिकारीले ब्याख्या गरेका थिए ।

कार्यक्रममा विभिन्न स्थानीय तहबाट आएका सहभागी कृषकहरुले तालिमबाट आफूहरुले थुप्रै कुराको जानकारी लिएको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी