औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरु नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरु नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

  • बुधबार, भदौ १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भदौ १३, काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डडेलधुराका कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा पनेरुलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, निजीकरण समितिको सदस्यमा सांसदद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटा मनोनीत भएका छन् । सरकारले निजीकरण ऐन, २०५० बमोजिम कांग्रेस सांसद केसी र माओवादी केन्द्रका सांसद सापकोटालाई सदस्य तोकेको हो ।

बैठकले अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताईन् ।

उनकाअनुसार बैठकले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको एक महिना म्याद थप गर्ने निर्णय गरेको छ भने नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजनाका लागि ३८ वटा राजपत्रांकित अधिकृतस्तरका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी