“ओली बा” को ब्राण्डिङ गर्दै एमाले, कार्यक्रममा ओलीको मात्र तस्वीर राख्नु पर्ने सर्कुलर ?

“ओली बा” को ब्राण्डिङ गर्दै एमाले, कार्यक्रममा ओलीको मात्र तस्वीर राख्नु पर्ने सर्कुलर ?

  • शुक्रबार, भदौ १, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भदौ १ काठमाण्डौँ । पार्टी कार्यक्रमलाई भद्धा नबनाउन, कसैलाई पनि अथिति आसन ग्रहण नगराउने, खादा माला धेरै प्रयोग नगर्ने भन्ने जस्ता एमालेको पछिल्लो निर्णय र निर्देशन हो । तर यो सँगै एमालेले अब पार्टीको कुनै पनि कमिटि र विभागले गर्ने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको बाहेक अन्यको तस्वीर राख्न प्रतिवन्ध गरिएको छ । यस अघि दुई तिहाई नजिकको सरकारको नेतृत्व गर्दा, पार्टी भित्र विभाजन आउने सन्दर्भमा उनका पक्षमा कार्यकर्ताहरुले केपी बा , आईलभ यु भनेर नारा लगाउने गर्दथे ।

ओली बा त्यसै पनि एमाले भित्रको ब्राण्ड बनिसकेको छ । जननेता मदन भण्डारीको अवसान पनि माधव नेपाल, झलनाथ खनाल लगायतका पनि नेतृत्वमा आएका थिए । तर उनीहरुको त्यतिसारो गुणगान कार्यकर्ताले गरेको पाँईदैन ।

यसले एमाले भित्र ओलीलाई थप कस्मेटिक ब्रान्डेड गर्ने प्रयासमा रुपमा हेरिएको छ । चितवन महाधिवेशनले ७० वर्षे उमेर हद राखेको थियो । जुन अब आउने कार्यकाल केपी ओली बाहेक अर्को नेतृत्व पार्टीमा आउने थियो । तर एकाएक त्यो नियमलाई पनि एमालेले निलम्वन गरिसकेको छ । अर्थात आगामी कार्यकाल पनि ओली नै पार्टीको नेतृत्वमा निरन्तर रहन सक्ने बाटो खुला गरिएको छ ।

अर्कोतिर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि पुनः राजनीतिमा सक्रिय हुने र एमालेको नेतृत्वमा आउने चर्चा थियो । तर यस विषयमा केही दिन अघि पत्रकार सम्मेलनमै ओलीले त्यो चर्चा गरेर एमाले भित्र अन्तरविरोध फैलाउने, एमाले भित्र खेल्ने प्रयासको रुपमा व्याख्या गरेर त्यो संभावनालाई अस्वीकार गरेको संकेत दिएका छन् ।

गत निर्वाचनमा दोस्रो दल बनेको एमालेले सबै भन्दा पहिला मिसन ८४ भनेर अर्को चुनावमा बहुमत ल्याउने उद्घोष सहित मिसन ग्रासरुट आदि अभियान चलायो । तर त्यसले राम्रो परिणाम दिन नसकेको कुरा चितवन २ मा रामशरण न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनालको पराजयबाट स्पष्ट हुन्छ ।

अहिले एकातिर एमाले सत्ता बिहीन छ, अर्कोतिर बलियो प्रतिपक्षी मोर्चा बनाउन सकेको छैन । रवि लामिछाने, राजेन्द्र लिंग्देनहरुले विभिन्न एजेन्डामा साथ दिए पनि निरन्तर जुनसुकै विषयमा पनि सदन अवरोध गर्ने एमालेको शैलीप्रति अन्य प्रतिपक्षी पनि बिरोध गर्ने अवस्थामा छन् ।

सत्ता र सहयात्री नहुँदा एमालेले आफ्नो शक्ति प्रदर्शनका लागि पटक पटक संसदन अवरुद्ध गर्दा उल्टै सोही पार्टीमाथि नकारात्मक दृष्टिकोण बढ्ने खतरा छ । एमालेबाटै सभामुख बनेका देवराज घिमिरेको भूमिकाप्रति समेत अन्य दलहरुले अब प्रश्न उठाउन थालिसकेका छन् ।

एमाले भित्र ओलीकै विकल्प खोज्नु पर्ने अवस्था आँउदै गर्दा ओलीलाई नै देवत्वकरण गर्ने गरी गतिविधि हुन थालेको भन्दै एमालेभित्रै पनि केही असन्तुष्टी छ भने भीम रावल, वामदेव गौतम सहित बाहिर बसिरहेका नेताहरुलाई पुनः सक्रिय हुन कठिन परेको छ ।

तर एमाले अझै पनि ओली ब्राण्डकै रुपमा आगामी निर्वाचनमा समेत जान सक्ने देखिन्छ । पुराना नेताहरुले काम गर्न नसकेको भन्दै बढेको आक्रोश, नयाँ दलहरुको उदय भईसकेको र अझै संभावित दलहरु जन्मन सक्ने संभावना जीवित छ । यो स्थितिमा परम्परागत शैलीमा निर्वाचनमा गए एमाले, काँग्रेस वा माओवादी कुनै पनि दलका लागि नयाँ संकटको बादल आउन सक्दैन भन्न सकिँदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी