सुनिल शर्मा आफ्नै मन्त्रीको राजीनामा माग्दै किन ओलीको खेमामा ?

सुनिल शर्मा आफ्नै मन्त्रीको राजीनामा माग्दै किन ओलीको खेमामा ?

  • आइतवार, साउन २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा पक्राउ परेर छुटेका मेडिकल व्यवशायी एवं सांसद सुनिल शर्माले साउन पहिलो साता काठमाण्डौँमा एक क्वीन्टल सुन समातिए लगत्तै देखि आफ्नै पार्टीका अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आएका थिए ।

उनी बिपक्षी दल एमालेका सांसदले भन्दा चर्को स्वरमा अर्थमन्त्रीको बिरुद्ध खनिएका थिए ।

यही बीचमा सिआईबीले एउटा अप्रेसनका क्रममा नक्कली शैक्षिक प्रमारणपत्रधारी डाकटरहरु समात्ने अभियान चलायो । जुन समातिएका मध्य थिए सुनील शर्मा ।

उनलाई अदालतको आदेशमा छाडियो । एमाले सांसदहरुले सुनिल शर्मा पक्राउको बिरोधमा संसदमा बोले ।

उनले हिरासतमुक्त भएकै बेला देखि प्रचण्ड नारायणकाजी आतंककारी भन्दै ओली राष्ट्रनायक भएको घोषणा गरे । उनले यो सरकार ढाल्ने, काँग्रेस एमालेको गठबन्धन बनाएर केपी ओली, शेर बहादुर देउवा, शेखर कोईराला, गगन थापालाई पालै पालो प्रधानमन्त्री बनाउने घोषणा गरे ।

उनी ओली निवास बालकोटमै पुगेर बा भन्दै ओलीसँग भेट गरे । त्यसपछि पनि उनले सरकार परिवर्तन, गठबन्धन परिवर्तन आदि विषयमा धारणा राखे ।

यो विषयले काँग्रेस भित्र समेत बहस सृजना भएको छ । आईतबार बसेको संसदीय दलको बैठकमा पनि यो विषयमा चर्चा भयो । शेखर कोईराला लगायतकाले शर्मा पक्राउको बिरोध गरे ।

तर एउटा पार्टीको सांसदले विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने, सरकार ढाल्ने, पार्टीकै अर्थमन्त्रीको राजीनामा माग्ने जस्ता काम भए पनि काँग्रेसले अहिले सम्म उनलाई स्पष्टीकरण लिएको पाईएको छैन ।

तर उनको यो अभिव्यक्तिको बिरोध भने काँग्रेस भित्र शुरु भएको बुझिएको छ । काँग्रेसका अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो सुन तस्करीमा संलग्नता भएको प्रमाण कसैले पेश गरे आफू एक मिनट पनि पदमा नबस्ने घोषणा गरीसकेका छन् ।

सुनिल शर्मा, विपक्षी सांसदहरुले सरकारको संलग्नता भने पनि प्रमाण भने हाल सम्म सार्वजनिक गर्न सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी