देशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा ढिलाइ

देशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा ढिलाइ

  • शुक्रबार, साउन ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो ।

गत वर्ष साउन ५ गते अर्थात् आजकै दिनसम्म ८८ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले राससलाई जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष यसै समयमा २० प्रतिशत कम रोपाइँ भएको हो ।

मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा गोरुमा लम्पी स्कीन रोग देखिएका कारण रोपाइँमा ढिलाइ भएको पनि उहाँले सुनाउनुभयो । सुदूरपश्चिम प्रदेशमा भने करिबकरिब रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । मध्य तराइमा साउन मध्यसम्म नै रोपाइँ हुने गरेकाले अन्तिमसम्म ९५ प्रतिशतसम्म रोपाइँ हुने आशा पनि मन्त्रालयले गरेको छ ।

मन्त्रालयले कृषि विभागलगायत सरोकार भएका निकायसँगको समन्वयमा प्रत्येक हप्ताको सोमबार देशभर कति रोपाइँ भयो भनी एकीकृत तथ्याङ्कसमेत सार्वजनिक गर्दै आएको कृषि विभागका सूचना अधिकारी सुनिलकुमार सिंहले जानकारी दिनुभयो ।

कुलो लाग्ने खेतमा समयमै रोपाइँ भए पनि आकाशे पानीको भरमा रोपिने खेतमा अझै पूर्णरूपमा रोपाइँ हुन सकेको छैन । कतिपय कुलो लाग्ने स्थानमा पनि बाढीले कुलो बगाउनेलगायत समस्याले पनि समयमा रोपाइँ हुन नसकेको हो । नेपाल कृषि प्रधान देश भनिए पनि तीनै तहका सरकारले यसमा ध्यान नदिँदा समस्या आउने गरेको किसानको दुःखेसो छ ।

मन्त्रालयले रासायनिक मलको अभाव नरहेको दावी गरे पनि बजारमा भने तोकिएको मूल्यमा मल नपाइने गरेको कृषकको गुनासो छ । सरकारले तोकेभन्दा दोब्बर भाउमा मल किन्न बाध्य हुनुपरेको मेलम्ची नगरपालिका–२ सिन्धुपाल्चोकका पीडित किसान मच्छेन्द्र सापकोटाको गुनासो छ । जति तहका सरकार बने पनि किसानका समस्यामा ध्यान नदिँदा समय मलखाद पाउन नसकिने गरेको उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी