नरैनापुरमा नापी र मालपात साउन भित्रै संचालनमा आउने: मन्त्री रन्जीता

नरैनापुरमा नापी र मालपात साउन भित्रै संचालनमा आउने: मन्त्री रन्जीता

  • शनिबार, असार १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

नरैनापुर, १५ असार । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नु भएको छ ।
नरैनापुर गाउँपालिकाको वडा नं ४ मा गाउब्लकमा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिनु भयो ।
जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुहुँदै मन्त्री रन्जीताले नरैनापुरमा रहेका गाउँब्लकका थप ४ सय नागरिकहरुलाई केही महिना भित्रै जग्गा वितरण गरिसक्ने बताउनु भयो । मन्त्री रन्जीताले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमिविहीन बनीरहेकाहरू कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनु भएको थियो ।
उहाँले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भई सकेको बताउदै साउन महिना भित्रै कार्यालय संचालनमा आउने जिकिर गर्नु भयो । मन्त्री रन्जीताले नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब संचालनका लागि मन्त्री परिषदको बैठकमा प्रस्तावको रुपमा पेश गर्ने प्रतिबद्धता व्यक्र गर्नु भएको थियो ।

मन्त्री रन्जीताले भूूमिहीन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्ने गरी काम भई रहेको बताउदै मुक्त हलीया, कमलरी, कमैयाहरुको समस्या समाधान गर्नका लागि आफू लागि परेको बताउनु भयो ।

मन्त्री रन्जीताले भन्नुभयो,अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन । उहाँले आफ्नो कार्यकालभित्रै भूमिहीनहरूको समस्या समाधान गर्नेगरी काम गरिरहेको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा मन्त्री रन्जीतालाई माला लगाएर स्वागत गर्नुका साथै नरैनापुरमा इलाका प्रशासन, नापी, मालपोत र भन्सार कार्यालय संचालनका लागि पहल गरी दिन आग्रह गर्नु भएको थियो । उहाँले नरैनापुरको विकासका लागि समेत ध्यान दिन मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।
पुर्जा वितरण कार्यक्रममा बाँके क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुर १ का अध्यक्ष इसाक जोहाल, वडा नं. का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख भरत महतो, मन्त्रालयका प्रतिनिधि, नापी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो भने मन्त्रालयका महानिर्देशक जनक राज जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी